काठमाडौं, “एकल महिला समुह, केन्द्र तथा सम्पुर्ण “WHR-TEAM” लाई ॐ समाज डेन्टल हस्पिटलले कुनै पनि प्रकारको दन्त उपचार सेवामा ३०% छुट उपलब्ध गराउने भएको छ।

२०७८-०३-२१ गत्ते भएको उक्त सम्झौतामा करार अवधि भने १० बर्ष सम्म रहेको छ। साथ साथै दुबै संस्थाले समाजमा न्याय, अधिकारबाट बन्चित एकल महिला, कुनै पनि व्यक्ति, बर्ग, समुदायलाई मानविय सेवा सहयोग गर्ने तथा हिंसामुक्त समाज निर्माणमा राष्ट्रलाई टेवा पुर्याउने जस्ता कुराहरू सम्झौता पत्रमा उल्लेख गरिएको छ।

अति महत्वपुर्ण यस सेवाको कार्यले हामी सबैलाई खुसी तुल्याएको छ। भने हाम्रा “एकल महिला” आमा दिदिबहिनी हरूलाई पनि ठुलो सेवा पुग्ने आशा हामीले लिएका छौ।

यस पवित्र मानविय सेवा कार्यको समन्वयन भने त्रिसा नेपाल संस्थापक समाजसेवी अनिल थापा ज्युले गर्नु भएको थियो भने: यस दन्त सेवाबाट धेरै एकल महिला आमा दिदिबहिनिहरूलाई ठुलो सहयोग पुग्ने छ। भन्ने, आशा गर्नु भएको छ।

साथै ॐ समाज डेन्टल चन्द्रगिरि-नैकापमा रहेको शाखामा समेत उक्त सेवा लागु हुने छ। तथा यहाँ रहनु भएका सम्पुर्ण एकल महिला दिदिबहिनिहरूलाई सेवा उपयोग गर्नु हुन पनि हस्पिटल तथा चन्द्रगिरि एकल महिला समुह अध्यक्ष शान्ति महर्जन ज्युले आवहान गर्नु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार