- टिमखबर सम्बाददाता :रजनी योगि

रजनी योगि:दैलेख=: कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण निर्वाचित वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका वडासदस्य तेजबहादुर थापाको मृत्यु भएको हो। उनको बाँकेको कोहलपुरस्थित घरमै बिहीवार विहान निधन भएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजुकुमार खत्रीले जानकारी दिए।

वडाध्यक्ष खत्रीका अनुसार त्यसअघि उनको नेपालगंजस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो । भेरी अस्पतालमा पनि उपचार सम्भव नभएपछि घर ल्याइएको थियो । वडासदस्य थापाको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार एक दिन वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार उनलाई असार १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रेग्मीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थापाको स्वास्थ्यमा सुधार नआएपछि रिफर गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार