जातकै आधारमा थलिरहदा
लिङ्गकै आधारमा गलिरहदा
कथित संस्कृति र संस्कारको नाममा,
मान्छे मान्छे बीच बिभेद गर्दा,
तिनै कुरीतिहरु अपनाउँदै गर्दा,
कहाँ खोजुँ म शिक्षित समूह ?
कसरी देखुं बदलिएको समाज?

खै कहाँ भेटियो मानवता
कहाँ चुक्यो समदृष्टि ?
प्रकृतिको सुन्दर सृटिमा,
उ र ममा फरक देख्ने नजर
गलत बिचार बोकेकाको भिडमा
कहाँ खोजौं न्यायिक समाज,
कहाँ भेटौं समानताको समाज,
कहाँ खोजुँ म,
मानव मात्रको समाज !
मैले रोजेको
मानबताको समाज!!
आभा निरु, सिन्धुपाल्चोक,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार