- रजनी योगि

रजनी योगि, दैलेख ;नेपाल शिक्षक महासंघ, दैलेखले शुक्रबार शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाल शिक्षक महासंघ, दैलेखले शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो।

शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय, दैलेखमा १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिएको नेपाल शिक्षक महासंघ, दैलेखका सह–अध्यक्ष सन्त खडकाले जानकारी दिएका छन । “अधिकार र कर्तव्यका लागि शिक्षक एकता ।” भन्ने मुल नारा सहित गरिएको धर्ना कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख तेज ब थापा मार्फत शैक्षिक विकासमा सरकारले ध्यान दिर्नुपर्ने बिषयका साथै शिक्षकहरुको पेशागत अधिकार सहितका माग पत्र नेपाल सरकारलाई बुझाएको सह–अध्यक्ष खडकाले बताए,

नेपाल शिक्षक महासंघले राखेका शिक्षा क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने बजेटको प्रतिशत, संविधानले गरेको व्यवस्था अनुसार सरकारले दिनुपर्ने निशुल्क शिक्षाको व्यवस्था, शिक्षा ऐन, कोभिड–१९ बिरुद्धको खोप सुनिश्चिता, शिक्षक तथा कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था लगाएतको मागहरु सतप्रतिशत सहि भएको बताउदै इकाई प्रमुख थापाले मागहरु पुरा गराउनका लागि माथिल्लो निकायमा पहल गर्ने भनाई राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार