- रजनी योगि

रजनी योगि,दैलेखको; दुल्लु नगरपालिका द्धारा आर्थिक ऐन र विनियोजन ऐन सहित आर्थिक वर्ष ७८÷७९ का लागी निति कार्यक्रम माथिको बजेट पारित भएको छ।
गत असार १० गते उद्धघाटन गरिएको नगरपालिकाको ९औँ नगरसभामा ल्याइएको निति कार्यक्रम माथीको व्यापक छलफल पश्चात नगरसभाको दोस्रो सभाबाट आर्थिक ऐन पारित गरिएको छ।

कर्णाली प्रदेशकै दोस्रो ठुलो नगरपालिकाको रुपमा रहेको दुल्लु नगरपालिकाले आर्थिक वर्ष ७८÷८९ का लागी कुल ८८ करोड ६ लाख २४ हजार ६ सय ७१ को अनुमानित बजेट पारित गरिएको छ।

जसमा चालु तर्फ ८ करोड ६५ लाख र पुजिँगत तर्फ ७९ करोड ४१ लाख २४ हजार ६ सय ७१ रुपयाँ रहेको छ।
जस अन्तरगत नगरपालिकाको प्राथमिकतामा आर्थिक विकास ,सामाजिक विकास लगाएत विगत वर्षहरुमा अधुरा रहेका कामहरुको पुर्णता र स्थानिय स्तरमा रोजगार र गरिब विपन्नहरुको आर्थिक स्थितिमा सुधारका कार्यक्रमहरु मुख्य प्राथमिकताका विषयमा राखिएको दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीको भनाइ रहेको छ।

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले समग्र विकासलाई अगाडी बढाउदै शिक्षा स्वास्थ्य लगाएत दिगो ग्रामिण विकासको योजना सहित आथिक र विनियोजन ऐन पास गर्दै सम्पन्न गरेको जसमा सत्ता पक्ष र प्रतिपक्ष भन्ने नरहेको र सर्वसम्मत रुपमा सफल भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार