- रजनी योगि

दैलेख ः धार्मिक महत्व बोकेको दैलेखको नाभिस्थान मन्दिरको पुनःनिमार्ण सम्पन्न भएको छ । पुष्प निमार्ण सेवा कालिकोटले गत जेठ २४ बाट काम सुरु गरेको हो । मन्दिर पुनर्निर्माणका लागि ४० लाख बजेट छुट्याइएको ,जसमा निर्माण कम्पनीले ३४ लाखको टेन्डर हात पारेको थियो ।

नाभिस्थान मन्दिर व्यवस्थान समितिले पहिलो पटक डिपिआरमार्फत काम सुरु गरेको हो । बजेट पुरातत्व विभागबाट आएको समितिले जनाएको छ । ठीक एक महिनाभित्र पुनर्निर्माणको काम सम्पन्न गरेको समितिको भनाइ छ । जसमा मन्दिरको गादीघर र धुनिघर २ वटा ज्वालाघर लगायत अन्य मन्दिरको पुनःनिमार्ण गरिएको निर्माण कम्पनीका ठेकेदार मथुरा प्रसाद जैसीले बताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले मन्दिरको अस्तव्यस्त समस्यालाई सुधार गर्नका लागी समिति लागी परेको बताए । यो मन्दिरलाई अझै व्यवस्थित र सोभायामान बनाइ राख्नका लागी आम नागरिक नगरपालिका र वडाको पनि समन्वय हुनुपर्ने उनको भनाई छ ।

(पहिले)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार