- रजनी योगि

रजनी योगि ः कार्यक्रममार्फत १३ लाख बराबरको स्वास्थ्य सामाग्री विभिन्न क्षेत्रमा वितरण गरिएको छ । भकारी कार्यक्रममार्फत दैलेखका पाँच स्थानिय तह, जिल्ला स्वास्थ्य कार्यालय दैलेख,पत्रकार महासंघ दैलेख,दुल्लु अस्पताल,ईलाका प्रहरी कार्यालय दुल्लुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
कोरोना महामारीका समयमा कार्यक्षेत्र भएका स्थानीय तह लगाएतमा स्वास्थ्य सामाग्री वितरण गरिएको भकारी कार्यक्रमका जिल्ला संयोजक विष्णु बोहोराले जानकारी दिए ।
ःभचअथ ऋयचउक, ग्प्बष्म र सेवक दैलेखको साझेदारीमा संचालित भकारी कार्यक्रम अन्र्तगत दैलेखका पाँच स्थानीय तहमा कार्यक्षेत्र बनाएर विभिन्न कामहरु सञ्चालन भैरहेका छन् ।

उनका अनुसार दुल्लु नगरपालिकामा १२९, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा ४०, आठबिस नगरपालिकामा ५०, ठाटिकाँध गाँउपालिकामा ४४ र भैरवी गाउँपालिकामा ९१ स्वास्थ्य सामाग्री वितरण गरीएको छ । साथै अस्पताल र अन्य निकायलार्ई समेत स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको बोहोराले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई २०० बोतल सेनिटाईजर, ५० पाकेट माक्स, पिपिई सेट ५०, पत्रकार महासंघ दैलेखलाई सेनिटाईजर ५० बोतल, माक्स ५० पाकेट, दुल्लु अस्पताललाई २०० बोतल सेनिटाईजर, ५० पाकेट माक्स, पिपिइ सेट ५०, ईलाका प्रहरी कार्यालय दुल्लुलाई सेनिटाईजर ५० बोतल, माक्स ५० पाकेट गरी १३ लाख सत्तरी हजार छ सय चौरानब्बे रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको संयोजक बोहोराले बताए ।
उनका अनुसार अस्पताल र होम आईसोलेशन बसेका कोरोना संक्रमितका लागि आइसोलेशन किट सामग्री (डिजिटल थर्ममिटर व्याट्रि सहित १ थान, पल्स अक्सोमिटर व्याट्रि सहित १ थान, सर्जिकल माक्स बयस्कको लागि ५० थान, स्यानिटाईजर २५० मिलि लिटर १ बोतल, ग्लोभ्स १ पाकेट, टिस्यू पेपर २ रोल, सेनेटरी प्याड १ प्याकेट, सर्जिकल माक्स बच्चाको लागि ५० थान, हातधूने साबुन २ वटा गरी सामग्री सहितको झोला १ वटा)गरी जम्मा ३५४ वटा किट पालिका र स्वास्थ्य शाखाको सयूंक्त रोहवरमा हस्तान्तरण गरिएको छ ।
वितरण कार्यक्रममा संस्थाका अध्यक्ष महारुप खत्रीले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै कोरोना संक्रमण भै होमआइसोलेशनमा रहेका व्यक्तिले आफु र घरपरिवारका सदस्यलाई सुरक्षित राख्न सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार