- रजनी योगि

रजनी योगि संयुक्त विद्यार्थी संगठनद्धारा दिप प्रज्वलन गरिएको छ । सम्मानित सर्वोच्च अदालतले गरेको ऐतिहासिक फैसलाको स्वागत एवम् उच्च सम्मान गदैँ संयुक्त विद्यार्थी संगठनद्धारा दिप प्रज्वलन गरिएको हो । अदालतको फैसलालाई स्वागत गर्दै संविधानको सहि पालना भएकोमा खुसी समेत व्यक्त गरिएको हो । पटक –पटकको संसद विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको अवस्थामा आजको फैसला स्वागत योग्य भएको उनीहरुको बुझाई छ ।

अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको वासीएल ईन्चार्ज गोपाल बहादुर बुढाको भनाई छ । संसद् पुनर्स्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया पनि उनको छ । उनले भने , ‘आज जुन फैसला भएको छ,

यो फैसलाले समग्रमा नेपालीमा खुसीयाली छाएको छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई भोलि बेलुका पाँच बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार