सर्वोच्च अदालत प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि राष्ट्रपतिलाई भेट्न ओली शितलनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष राजीनामा नदिने सल्लाह भएको स्रोतले जनाएको छ । सर्वोच्चको आदेशबाट प्रधानमन्त्री ओली स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्ने सहमति भएको स्रोतले जनाएको छ ।

यसैबीच सर्वाेच्च अदालतको फैसलापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि मंगलवार नै प्रधानमन्त्री पदको शपथ खाने भएका छन् ।

देउवाले भोलि मंगलबार साँझ ५ बजे प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहेको स्रोतले जनाएको छ ।

सोमवार सर्वोच्च अदालतले फैसला गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । यससँगै राष्ट्रपति कार्यालय शितलनिवासमा नियुक्तिपत्र तयार गर्नेदेखि शपथ खुवाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

यसैबीच, नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धन छाडेको घोषणा गरेका छन् ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि नेता नेपाल ५ दलीय गठबन्धनबाट अलग भएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले परिस्थिति बदलिएको भन्दै गठबन्धनमा नरहने बताएका छन् ।

बैठकमा नेपालले भने, ‘हिजो एउटा अवस्थामा रहेको र परिस्थिति बदलिएकाले सबैलाई समेटेर सरकार सञ्चालन गर्नुहोला । प्रतिनिधिसभा पुनःस्थापनासँगै नयाँ परिस्थिति बनेको छ, यो अवस्थामा हाम्रो निरन्तरता नरहन सक्छ ।’

नेता नेपालले एमाले एकताको सहमति भएकाले अब अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहेर सामूहिक निर्णयका आधारमा अगाडि बढ्ने बताएका छन् ।

यसैबीच, सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले निर्दलीय प्रणाली जस्केलाबाट छिरेको निष्कर्ष निकाल्ने निर्णय गरेको छ ।

बैठकपछि निर्णय सुनाउँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अदालतले लोकतन्त्र खल्बल्याउने काम गरेको छ । आजको फैसलाले शक्ति सन्तुलनका पिल्लर हल्लाएको छ । अब सरकार खोज्न संसद् नभएर अन्त जानुपर्ने अवस्था आएको छ । ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट पसेको आभास हुन्छ ।’

यसैबीच, सर्वाेच्च अदालतले सोमबार गरेको फैसलासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने भएका छन् भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट ‘आउट’ भएका छन् ।

यसरी सर्वाेच्चले ठूलो धक्का दिएपछि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री ओली शितलनिवास गएका छन् ।

सर्वोच्च अदालतले दिएको आदेशपछिको अवस्थाबारे एमाले स्थायी कमिटी बैठकमा छलफल भएको छ । सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार