- रजनी योगि

दैलेख ः कृषि विकास कार्यालय दैलेखले ४८ जना कृषकलाई बुधबार सम्मान गरेको छ । यस आर्थिक वर्ष सम्मानका लागि छनोटमा परेका जिल्ला भरका ४८ जना कृषकलाई जनही १५ हजार रुपैयाँसहित सम्मान पत्रले प्रदान गरिएको छ ।

किसानलाई हौसला दिन तथा व्यवसायिक रुपमा खेती गरिरहेका ती किसानबाट अरुले पनि सिकून भनेर सम्मान गरिएको कृषि विकास कार्यालय दैलेखका कार्यलय प्रमुख तिलक प्रसाद पाण्डेले बताए ।
उनका अनुसार कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग गरिएका किसानमध्येबाट फिल्डमा पटक पटक गएर गरिएको अनुगमनका आधारमा उत्कृष्ट किसानहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा तरकारी र फलफुल खेति गर्ने किसान रहेका छन् । ‘मेरो किसान मेरो अन्नदाता’ ब्यवसायिक कृषकका लागि उत्पादनमा आधारीत प्रोत्साहन कार्यक्रम भन्ने नारा सहित कृषि विकास कार्यलयले विभिन्न समयमा कृषकलाई सम्मान गदै आइरहेको छ ।
कार्यक्रका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले कृषकका लागि संघ तथा प्रदेश सरकारले राम्रो कार्यक्रम ल्याएको धारण राखे, किसानहरुले आफ्नै पौरख चलाए खुसी खोज्न कतै जानु नपर्ने थापाको भनाइ छ ।
सम्मान कार्यक्रममा कृषहरु उत्साहित देखिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार