- रजनी योगी

दैलेखको पश्चिम क्षेत्रमा रहेको ठाँटिकाँध गाउपालिकाले आफ्नो ९औँ गाउँसभा सम्पन्न गरेको छ । विगतका अधुरा योजनाहरुलाई पुर्णता दिने निर्णय गर्दै ठाँटिकाँध गाउपालिकाको ९औँ गाउँसभा सम्पन्न हो । गत असार १० गते उद्धघाटन गरिएको गाउसभा गाउँकार्यपालिकाबाट विभिन्न छलफलका साथ बिना औपचारिक छलफलबाटै समापन भएको छ ।

गाउँसभाले विगत वर्षहरुमा अधुरा रहेका गाउपालिका भित्रका विभिन्न विकास पुर्वाधारका योजनाहरुलाई पुर्ण गर्ने र केहि समयमानै सम्पन्न हुने अत्यावस्यक योजनाहरुलाई समेत सञ्चालनमा ल्याउने तरिकाले विस्तृत रुपमा छलफल भएको गाउपालिकाले जनाएको छ ।
गाउपालिका अध्यक्ष धिरबहादुर शाहीले गाउपालिकाले विगतमा अधुरा योजनाहरुलाई समयमानै सम्पन्न गर्ने निर्णयका साथ यसवर्ष केहि नौला योजनाहरुको आगामी महिनाबाटै सम्झौताका साथ सुचारु हुने र गाउपालिकाको हिउँदे अधिवेसन भन्दा अगाडीनै सबै योजनाहरु सम्पन्न हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार