- रजनी योगी

दैलेख ः जिल्लाको नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । हत्याको कारण घरयासी विवाद रहेको दैलेख प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारका अनुसार घरयासी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९ः३० बजे हत्या गरेकी हुन् ।

प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको सुनारले बताए । श्रीमानको हत्या गर्ने सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार