- रजनी योगी

नारायण नगरपालिका दैलेखले अति विपन्न ५०घरपरिवारलाई बाख्रा वितरण गरेको छ । स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत उनीहरुलाई शनिबार १५लाख बराबरको खरी जातका बाख्रा वितरण गरिएको हो ।
नगरपालिकाले करिब १५ लाख रुपैंयाको बाख्रा खरिद गरी कृषक परिवारलाई प्रति परिवार दुइ वटाका दरले सय वटा ब्याउने बाख्रा वितरण गरिएको हो । अनुदानमा ३ वटा बोका पनि वितरण गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले विपन्न परिवारलाई स्वरोजगार बनाउंदै व्यवसायीक प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बाख्रा वितरण गरिएको बताए ।

वडा नम्वर २ का वडा अध्यक्ष रेशम थापाले समुदायमा लक्षित निर्वाहमुखी पशुपालन कार्यक्रमले किसानहरुलाई व्यवसायीक बाख्रापालनतर्फ प्रेरित गर्न कार्यक्रम सफल हुने बताए।
वितरण गरेको बाख्रालाई आफ्नै सम्पत्ति ठानी पालनपोषण गर्न आग्रह गर्दै थापाले वितरण गरिएका बाख्रामा स्वास्थ्य समस्या देखिएमा पशु स्वास्थ्य सेवा केन्द्रबाट उपचार गर्न सकिने पनि बताए । बाख्रा पाएपछि किसान पनि उत्साहित देखिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार