- रजनी योगी

रजनी योगी ,दैलेख सदरमुकामदेखि श्रीस्थानसम्मको सडक स्तरोन्नतिको काम गुणस्तरहिन भएको पाईएको छ । सडक स्तरोन्नतिका क्रममा निर्माण कम्पनीले गुणस्तरहिन आरसीसी गरेको भन्दै स्थानिय आक्रोशित भएका छन् । गुणस्तरहिन काम भएपछि स्थानियले गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिदै गुणस्तरहिन आरसीसी भत्काएका छन् । श्रीस्थानसम्मको सडक स्तरोन्न्तीको काम संचालन भएको वषौँ वितिसक्दा समेत काम सम्पन्न नहुँदा पैदल यात्रीलाई समेत सास्ती भएको छ ।

श्रीस्थान सडक स्तरोन्नतीका लागी सुपर स्टार कस्ट्रक्सनले ठेक्का लिएको छ । निर्माण कम्पनीले सडक स्तरोन्नतीको काम कहिलेदेखि सुरु भएको हो ? लागत रकम कति हो ? कहिलेसम्म सम्पन्न भैसक्नु पर्ने हो ? लगायतको जानकारी दिने होर्डिङ वोर्ड नराख्दा सडक निर्माण कहिले भैसक्नु पर्ने हो त्यसबारे पनि जानकारी नभएको स्थानियको भनाई छ ।सहरी विकास अन्तरर्गत झण्डै ३ करोड बढी योजनामा चरम लापरवाही भएको स्थानियले बताए ।

सडक स्तरन्नतीको नाममा नागरिकको आखाँमा छारो हाल्ने काम गरेको भन्दैसरोकारवाला निकायबाट यथाशीघ्र अनुगमन गरी कारबाही नगरे सडक निर्माण कार्यमा अवरोध गर्ने स्थानियले चेतावनी दिएका छन् । सडकको स्तरोन्नतीको क्रममा गुणस्तरहीन आरसीसी गरिएको नारायण नगरपालिका वडा नः १ वडा सदस्य समेत रहेका स्थानिय रमेश कसीले बताए । ‘ स्तरोन्नतीको काम गुणस्तरहिन भइरहेको छ भन्ने गुनासो बढेपछि युवाहरु मिलेर सडकको आरसीसी भैरहेको ठाँउको अवलोकन गरेका थियौँ ,उनले भने,‘आरसीसीको काम गुणस्तरहिन भएको पाइएपछि युवाहरु मिलेर भत्काएको थियौँ ।,

अहिले पनि सडक स्तरोन्नतीको काम चलिरहेको छ । दैलेख सदरमुकामदेखि श्रीस्थान सडक खण्डमा गुणस्तरहिन काम भइरहेको भएपनि सरोकारवाला निकाय मौन बसेको स्थानियवासीले आरोप लगाएका छन् ।दैलेख बजार देखि श्रीस्थान जाने बाटोमा काम त गुणस्तरहिन छ नै काम पनि ढिलासुस्ती भैरहेका कारण आम समुदायलाई हिडडुल गर्न समेत सास्ती भइरहेको छ । स्थानिय केसीले भने ‘जिम्मेवार व्यक्तिहरुले गुणस्तरहिन काम भैरहेको विषयमा ध्यान नदिएको ,ठेकेदार कम्पनीसंग काम गर्ने स्रोत साधन नभएको ,आरसीसी गर्दा प्रयोग गरिने भाईव्रेटर पनि प्रयोग नगरिदा ढिला सुस्ती छ नै १ सय ५० मिटर आरसीसी गर्न पनि महिनौ लाग्ने देखिन्छ ।,

सडकको स्तरोन्नतीका लागी बजेट विनियोजन भएपनि ठेकेदार कम्पनीको लापरबाहीका कारण समयमै सडकको स्तरौन्नति हुन नसक्दा स्थानियले सास्ती खेपिरहनु परेको छ एक अर्का स्थानियले भने बारम्बार कमसल,गुणस्तरहिन काम भएको जानकारी गराउदा पनि जिम्मेवार निकायले ध्यान नदिएको भन्दै सबैको मिलोमतोमा गिट्टी प्रयोग गर्नु पर्ने आरसीसीमा मोरङ प्रयोग गरिएको भन्दै स्थानियले आक्रोस पोखे ।

गुणस्तरहिन काम भैरहेकोवारे प्राविधिकलाई पटक–पटक जानकारी गराउँदा समेत चासो नदेखाएको उनीहरुको भनाइ छ । जिम्मेवार निकायले स्थानिय नागरिकलाई काममा लगाउदा आफुले भने जस्तो गर्न नपाइने भएकै कारण स्थानिय कामदारलाई कामवाट निकालिएको र दिनमा काम नगरि रातमा काम गरिएको उनीहरुले बताएका छन् ।

नारायण नगरपालिका वडाः १ वडा सदस्य समेत रहेका स्थानिय रमेश केसीले नारायण नगरपालिका दैलेखका मेयर रत्नबहादुर खड्कालाई गुणस्तरहिन काम भएको भन्दै जानकारी गराए पनि यस विषयमा खासै चासो नदिएको बताए । उनले भने,‘मेयरसापले खासै चासो दिनु भएन त्यसपछि सिडियोसापलाई जानकारी गरायौँ उहाँले पनि काम ठिकै भएको भन्नु भयो । अनि हामी युवाहरु मिलेर आरसीसी भत्काउन बाध्य भयाँै।,

सानातिना काममा ध्यान दिने सरोकावाला निकायले ठुला र गौरवका योजनामा चासो नदिएको भन्दै सबैको मिलोमतो हुन सक्ने नाम नवताउने सर्तमा एक स्थानियले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार