आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडीज्युला शिक्षा क्याम्पसको परिक्षाकेन्द्र बाट जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ७ का लोकेन्द्र बहादुर चन्दको नाममा परिक्षा दिदै गर्दा कोहलपुर बाँकेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

परिक्षा केन्द्रमा अर्काको नाममा परिक्षा दिदैँ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ । उनलाई आज बिहान ९ बजे परिक्षाकेन्द्र बाट पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयमा चलान गर्न लागिएको छ । उनलाई शिक्षा ऐन अनुसार कारबाही गरिने जनाईएको छ । प्रहरीले पक्राउ परेका युवकको परिचय खुलाएको छैन ।

त्रिवि अन्तर्गत बिएड दोस्रो वर्षको स्वास्थ्य विषयको परिक्षामा केन्द्राध्यक्षले उत्तर पुस्तिकामा हस्ताक्षर गर्ने समयमा नक्कली परिक्षार्थी फेला परेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार अर्काको नाममा परिक्षा दिन लगाउने विद्यार्थी जाजरकोटको नलगाड बहुमुखी क्याम्पस दल्लीका हुन् । दल्लीको परिक्षाकेन्द्र राडी परेको छ । कोरोनाका कारण स्थगित बिएड दोस्रो वर्षको परिक्षा त्रिविले आजदेखी सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार