- रजनी योगी

रजनी योगी

दैलेख: उचित प्रचार प्रसार र पूर्वाधार निर्माण नहुँदा दैलेख जिल्लाका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु ओझेलमा परेका छन् ।ओझेलमा परेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमध्ये ललाटेश्वर महादेवको मन्दिर पनि एक हो । प्रचार–प्रसार र पूर्वाधार विकास अभावले यो मन्दिर जीर्ण बन्दै गहिरहेको छ । पञ्चकोशि क्षेत्रभित्र पर्ने विभिन्न महत्वपूर्ण मन्दिर मध्ये सबैभन्दा धेरै पाचँवटा ज्वाला एकै स्थानमा बल्ने मन्दिर अहिले जिर्ण अवस्थामा छ ।दुल्लु नगरपालिका १० मा रहेको यो मन्दिर ढुङ्गैढुङ्गाले बनेको छ । ललाटेश्वर महादेवको यो मन्दिर भित्र पाचँ वटै ज्वाला बल्ने गर्दथ्ये अहिले सानो ओडारमा ३ वटा ज्वाला बलेको देख्न सकीन्छ् । श्रीस्थानबाट यो स्थानमा पुग्न पाचँ सय मीटर दक्षिणमा हिँड्नुपर्दछ् ।आकर्षक ढुङ्गैढुङ्गाले बनेको ललाटेश्वर महादेवको यो मन्दिर रहेको जग्गा कुनै व्यक्तिको नाममा छ । भित्र निकै कलात्मक दृश्य देख्न सकिन्छ । मन्दिरको आडमा बिभिन्न बोट बिरुवा उम्रेको देख्न सकीन्छ् । मन्दिर भित्रको ढुङ्गाको चारवटा खम्बा मध्ये तीन वटा भत्किसकेका छन् एउटा खम्बा ढल्ने बितिकै यो मन्दिर पुरै क्षेति हुने् देखीन्छ् ।ललाटेश्वर महादेवको यो मन्दिर संरक्षण र प्रचार–प्रसारको अभावमा रहेको छ । स्थानिय बासिन्दाहरु यो मन्दिर महाभारतकालिन पाँच पाण्डवहरुले बनाएको भन्ने विश्वास गर्दछन् ।यो मन्दिरमा, प्रयोग गरिएका राम्रोसँग कुदिएका ढुङ्गाहरु पनि भत्किएर छरपष्ट देखिन्छन् । यहा रहेका वीरखम्बहरुमा रहेका अभिलेख तथा आकृतिहरु घोटिइ र मेटिइसकेको छन् ।

श्रीस्वस्थानीव्रतकथामा उल्लेख् भएअनुसार श्रीमहादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस स्थानमा आइपुग्दा सतीदेविको निधार पतन भएकाले यस स्थानलाई ललाटेश्वर स्थान भनिन्छ ।मन्दिरको भित्रि भागमा रहेका चक्राकार शिला टुटेका छन् घोटिएका छन् ।
संरक्षण हुँदै परिचित हुनुपर्ने यो स्थान जिर्ण बन्दै गइरहेको छ । ढुङ्गाद्धारा निर्मित सुन्दर कलात्मक र पाञ्चायन वास्तुपद्धतिमा निर्मित असङ्ख्य कलात्मक बस्तु मन्दिर भित्र टुक्रियको आवस्थामा रहेका छन् । गोठाला जादा पानी पर्दा ओत लाग्ने प्रयोजन बाहेक अरु पुजाआजामा यो मन्दिरको सदुपयोग हुन् सकेको छैन् । त्यहाका स्थानिय ८५ वर्षिय विन्दु नाथ योगीका अनुसार पञ्चकोशि तिर्थ स्थल जस्तै यो मन्दिर उत्तिकै महत्व बोकेको तिर्थ स्थल हो । उहाँ भन्नु हुन्छ्पहिला पहिला तिर्थालुहरु मन्दिर भित्र बलेको ज्वालाको दर्शन गरी गक्ष अनुसार फलफुल द्रब्य समेत दान गरेर मात्र र्फकिने गरेको उन्को भनइ छ। यो भेटि गोठालाले फेला पार्ने गर्दथ्ये ललाट ज्वालामा महन्त,पुजारी थिएनन् ।मनपरी पुजापाठ हुन्थ्यो अहिल्य अस्त्त्वि नै संकट्मा परेको छ। यो ज्वाला संरक्षणको लागी कसैको पनि ध्यान पुग्न् सकेको छैन् । उनी भन्छन् । प्रर्यटन बोर्ड नेपालगञ्जले मन्दिरको तटबन्ध निमार्ण गर्ने भन्दै,४ लाख रुपैँया सहयोग गरेको थियो । साविकको गमौडी गा.वि.स वडा नम्बर ८ रहेको यो स्थानमा घेरवार तटबन्ध निमार्ण गर्छौँ भन्दै देवलको वरीपरी बार लगाए ।

त्यो त हात्तिको देखाउँने दाँत मात्र थियो तर ४ लाखको काम देखिएन। काम नपाइने डरले स्थानीय केही बोलेनन् । संरक्षण गर्ने नाउँमा मन्दिरभित्र बलिराखेको ज्वाला नै हरायो, मन्दिरको अर्को स्वरुप मेटियो । यो मन्दिर भित्र ज्वाला निरन्तर बलिराखेको देख्न् सकिन्थ्यो, तर त्यो विकासे कामले गर्दा ज्वाला भासीएको स्थानिय गणेश नाथ योगी बताउँछन् । यो मन्दिर उन्कै खेतको छेउतिर रहेको छ् ।यसैगरी यो मन्दिरको संरक्षण नगर्ने हो भने भावी पुस्ताले यसको महत्वका बारेमा ज्ञान लिन र एक पर्यटकीय स्थललाई गुमाउनु पर्ने अवस्थाको सिर्जना हुन् सक्छ् । पुरातत्व विभागको टोलिले आएर हेरफेर पारेर फोटो खिचेर समेत लिएको तर केहि पहल नगरेको स्थानिय गणेश नाथ योगी बताउँछन् । नाभिस्थान,श्रीस्थानका विभिन्न गादीघर,ज्वालाघर,धुनिघर मर्मतका लागी पुरातत्व विभागले बजेट बिनियोजन गरी काम शुरु भैरहँदा ललाट ज्वालामा भने कसैको नजर पर्न नसकेकोमा उनले दुः खेसो समेत पोखे । नयाँ सम्पदा खोज्नु बनाउँनु त परको कुरा हो यहाँको स्थानिय सरकारले भएको सम्पदाको समेत संरक्षण गर्न सकीरहेको छैन् । आफैँमा पहिचान बोकेको यो स्थान कसैको आखाँमा पर्न भने सकेको छैन् ।
पहिला पहिला पुर्खाहरु भने पञ्चकोशी तिर्थमा निष्कदा शुरुमा कोशी ओढार,कोटिला,ललाट ज्वाला,श्रीस्थान,भृगी स्थान,जुन भृगी क्रृषिले तपस्या गरेको ठाउँ,नाभिस्थान,गगाँमाटी,वर्मकुण्डमा नुहाउने र धुलेश्वरमा पुग्ने गरेको स्थानीय भक्ती नाथ योगीले बताए ।

यो तिर्थस्थल सँगै अर्को खोलामा पनि मन्दिर आकारका कुदिएका ढुङ्गा रहेका अर्का स्थानिय दिपा गिरीले बताइन् । सो स्थानको बारेमा जानकारी भएकाहरु बिभिन्न समयमा आई दर्शन गरी फर्किने गरेको उनको भनाइ छ । यो मन्दिरमा धजा, पतङ्गा लगाएको र खोलामा पनि ज्वाला रहेको दिपा भन्छिन् । यो क्षेत्रमा पुजा आजा गर्नका लागि सुर्खेत, अक्षाम,कालिकोट,जुम्ला,बाके,बर्दियाबाट समेत तिर्थालुहरु आउने गर्दछन् ।सो स्थानमा आएर पानीमा ज्वाला बालेर अवलोकन समेत गर्ने गरेको गिरीले बताइन् । यो स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न सकिने भएपनि अहिले सम्म कुनै क्षेत्रबाट पहल हुन सकेको छैन् ।पञ्चकोशी क्षेत्रबाट जिल्लाले खासै फाइदा लिन सकेको छैन । पञ्चकोशी क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणमा परे पनि प्रचारप्रसार हुन नसक्दा आम्दानी लिन सकेको छैन । पर्यटकीयस्थलमा कच्ची सडक पुगे पनि अन्य पूर्वाधार पहुँचमा छैन । सामान्य खाना, आवाससमेत असुविधा छ । देशको एकमात्र अखण्ड ज्वाला सदियौंदेखि पानीमाथि बलिरहने पञ्चकोशी राज्यको नजरमा पर्न सकेको छैन ।प्रचुर पर्यटकीय सम्भावना भए पनि पञ्चकोशी पूर्वाधार नभएकै कारण पछि परेको हो । श्रीस्थान तथा नाभिस्थान, ललाटेश्वर महादेवको मन्दिरलगायत अन्य केही क्षेत्र पुग्ने सडक सामान्यतया सुधार भएपछि पछिल्लो समय आन्तरिक पर्यटक छिटपुट घुम्न जानेक्रम सुरु भए पनि जिल्लामा सोचेजस्तो पर्यटक भित्रिएको छैन । पर्यटन प्रवर्द्धनमा सम्बन्धित निकायको चासो नपुग्दा ती क्षेत्र ओझेल परेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार