- रजनी योगी ,

रजनी योगी ,
दैलेखःसहकारी द्धारा उत्कृष्ट १६ जना किसानलाई सम्मान गरिएको छ । कृतिदेवल बहुउदेश्य कृषि सहकारी संस्था र किसान २ परियोजनाको साझेदारीमा प्रमाण पत्र र कृषि सामाग्री सहित सम्मान गरिएको हो । सम्मानित हुनेमा महाबु गाउँपालिका वडाः१,२र नारायण नगरपालिका वडा नम्वर २ का जम्मा ३२ समुहका तरकारी खेति गर्ने १६ जना कृषक रहेका छन् ।

सो क्षेत्रमा व्यवसायिक कृषिमा सक्रिय रही कृषि कार्यका लागि उत्कृष्ट बन्न सफल १६ जना किसानलाई सहकारीले सम्मान गरेको छ ।
उद्यामशीलताका माध्यमबाट व्यावसायिक कृषिको प्रयोग गर्दै समाजमा उदाहरणीय बन्न सफल भएको भन्दै सम्मानपत्रले सम्मान गरिएको हो ।
कृषकलाई सम्मान गर्दै नारायण नगरपालिकाका मेयर रत्न बहादुर खड्काले व्यावसायिक कृषिका क्षेत्रमा लाग्ने जो कोहीलाई नगरको तर्पmबाट सक्दो सहयोग गर्ने बताए । कृषिमा परम्परागत शैली त्याग्दै आधुनिक विधि र प्रविधि अपनाउनु पर्नेमा जोड समेत उनले जोड दिएका थिए ।
तरकारी खेतिका माध्यमबाट रोजगारी सिर्जना गर्ने र कृषिबाट क्षेत्रलाई आत्मनिर्भर बनाउन योगदान गरेको भन्दै उनीहरु सम्मानित भएको कृतिदेवल बहुउदेश्य कृषि संहकारी संस्थाका अध्यक्ष दिपक कुमार थापाले बताए ।

पुरस्कार वितरणपछि कृषिलाई व्यावसायिक बनाउन सबै खाले सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष थापाले बताए ।कार्यक्रममा नारायण नगरपालिका कृषि शाखाका प्रमुख खेमराज शर्मा कृषि विकाश कार्यालयका बालि संरक्षण अधिकृत राम बहादुर थापा लगायतको सहभागिता भएको थियो । साथै परियोजना लाई सहकारी संस्थाले सम्मान कदर पत्र दिएको छ ।कृतिदेवल बहुउदेश्य कृषि सहकारी संस्था र किसान २ परियोजनाको साझेदारीमा महाबु गाँउपालिका वडानं १ ,२ र नारायणनगरपालिका२मा बिगत१ बर्ष यता ३२ वटा समूहमा गरि ८०० घरधुरिमा काम गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार