जापानकी १३ वर्षीया मोमीजी निशियाले टोकियोमा ओलम्पिकमा स्वर्ण पदक जित्दै इतिहास बनाएकी छिन् ।स्केटबोर्डिङतर्फ प्रतिस्पर्धा गरेकी उनले ब्राजिलकी १३ वर्षीया रायसा लेअललाई हराउँदै स्वर्णपदक जितेकी हुन् । लेअलले रजत पदक हात पारिन् भने कास्य जित्ने जापानकै फुना नाकायामाको उमेर पनि केवल १६ वर्ष छ ।स्वर्ण, रजत र कास्य पदत जित्ने तीन खेलाडीको उमेर औसतमा १४ वर्ष १९१ दिनको छ । यो औसत ओलम्पिक इतिहासकै सबैभन्दा कम हो ।सन् १९३६ मा जर्मनीको बर्लिनमा भएको ओलम्पिकमा १३ वर्ष २६७ दिनकी मोर्जोरिइ गेस्ट्रिङले
स्प्रिङबोर्डमा स्वर्णपदक जितेकी थिइन् । त्यतिबेला उनी निशियाभन्दा केवल ६३ दिनले कान्छी थिइन् ।गेस्ट्रिङको रेकर्ड यसपटकको ओलम्पिकमा तोडिने सम्भावना कायमै छ । बेलायतकी स्काई ब्राउन १३ वर्ष २८ दिनकी भएकी छिन् । अगष्ट ४ मा हुने स्केटबोर्डिङको खेलमा उनले जित हात पार्न सके उनले कीर्तिमान कायम गर्नेछिन् ।जापानकी १२ वर्ष ३४३ दिनकी कोकोना हिराकी पनि सोही स्पर्धामा सामेल हुनेछिन् । यो ओलम्पिकमा थपिएका पाँच नयाँ खेलमध्ये एउटा स्केटबोर्डिङ पनि हो ।सबै खेल