रजनी योगी
दैलेख ःदुल्लु नगरपालिका नजिकैको चाँदनी चोकको हिलाम्मे सडक सामाजिक सञ्जाल भर देखिन्छ,त्यहाँ कुनै नयाँ नौलो काम भएको छैन,‘भएको छत नागरिकलाई आवतजावतमा सास्ती, सड्कमा सवारी साधन मात्र होइनं मान्छे हिड्न सकिने सम्म अवस्था छैन ।
त्यहा पुग्ने जो कोहि बाटो देखेर नगरपालिका तिर फर्कदै जनप्रतिनिधिले के हेरेको होलान,यो बाटोमा जनप्रतिनिधि हिड्छन् की हिड्दैनन् भन्दै फोटो,खिच्ने,भिडियो बनाउने गर्दछन् । कतिले नगरप्रमुखलाई व्यङ्गय गर्दै अरु अन्र्तवाता संग जोडेर पनि लेखेका छन् ।
संघीय सरकारले दुल्लुलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरिसकेको छ । तर, सामान्य विकाससमेत नहुँदा स्मार्ट सिटी बन्ने सपना बोकेका दुल्लु क्षेत्रका स्थानीयले भने अहिले सडककै कारण सास्ती भोग्नुपरेको छ ।
कतै सडक निर्माणको काम अलपत्र परेको छ । कतै सडक स्तरोन्नतिमा नगरपालिकाले चासो दिएको छैन। सबैभन्दा बढी सास्ती अहिले दुल्लु बजार क्षेत्र, चाँदनी चोकदेखि पटांगिनी दुल्लु संग्राहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म जोड्ने सडकमा छ । सडकमा ठूल्ठूला खाल्डा बनेका छन्।
यो सास्ती खेप्न थालेको वर्षौं बितिसकेको स्थानीयको गुनासो छ । त्यसबाहेक दैलेख सदरमुकामबाट गमौडी हुँदै दुल्लु जोड्ने, माथिल्लो डुंगेश्वरदेखि बैंक बजार हुँदै दुल्लु जोड्ने, तल्लो डुंगेश्वरबाट रातामाटे हुँदै दुल्लु बजार जोड्ने सडकमा खाल्डाखुल्डी र हिलाम्य छ । प्रदेश र संघीय सरकारबाट सडक स्तरोन्नतिको काम थालनी भएपछि नगरपालिकाले बजेट नछुट्याएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
अहिले सबैभन्दा बढी सास्ती भएको घियातिदुदेखि दुल्लु संग्राहालय, पटांगिनी हुँदै दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकसम्मको सडक स्तरोन्नतिको पक्रिया आर्थिक वर्ष २०७६÷७७ बाटै थालनी गरिएपछि पूरा हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय दैलेखबाट आर्थिक वर्ष २०७६÷७७ मा उक्त सडक स्तरोन्नतिका लागि १० करोडको ठेक्का खोली सबै प्रक्रिया पूरा गरेपछि रद्द गरिदिएको नगर प्रमुख भण्डारीले बताए ।
‘पूर्वाधार विकास कार्यालयबाटै गत आर्थिक वर्षमा नौ करोड बराबरको ठेक्का प्रक्रिया पूरा भएको छ, तर अहिलेसम्म काम सुरु हुन सकेको छैन,’ नगर प्रमुख भण्डारीले भने । दुल्लुलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट व्यवस्था नगरेको नगर प्रमुख भण्डारीको गुनासो छ । दुल्लु बजारस्थित पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने कीर्तिखम्ब चोक क्षेत्रको सडक स्तरोन्नतिका लागि ठेक्का भई कर्मठ किसान कन्स्ट्रक्सनले जिम्मा लिएर अलपत्र पारेको नगर प्रमुख भण्डारी बताए ।