- रजनी योगी

रजनी योगी
दैलेख ,निर्मला पन्तको न्यायको लागी मौन ¥याली र दिप प्रज्वलन गरिएको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको झन्डै तीन वर्ष पूरा हुँदै गर्दा पनि अझै न्याय नपाएको भन्दै ज्वाला युवा प्रतिष्ठानले मौन ¥याली निकालिएको हो ।
ःक्ष्क्क्क्ष्इल् त्इ क्ग्एएइच्त् र पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान दैलेखको सयुक्त आयोजनामा दिप प्रज्वलन कार्यक्रम तथा सान्ती पुर्ण मौन ¥याली सम्पन्न गरेको थियो । निर्मला जस्ता सयौ नेपाली छोरीको यसरी हत्या हुदै छ, सरकारले हत्यारा लुकाएको छ ,भन्दै युवाहरु आक्रोषित समेत बनेका थिए । नयाँ सरकार आएदेखि झिनो भएपनि आशा पलाएको ज्वाला युवा प्रतिष्ठान दैलेखका संयोजक लोकेश गिरीले बताए ।
उक्त घटनाको तीन वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसक्नु दुःखद भएको उनले बताए ।‘यस्तै हो भने छोरी सुरक्षित,हुने कुनै ठाउँ भटिने छैन्, । र सरकार मौन रहनेछ् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको तीन वर्ष पुगेको छ । २०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएपछि निर्मलाको शव भोलिपल्ट (साउन ११ गते) घरनजिकैको उखुबारीमा भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार