टिमखबर सम्बाददाता, रजनी योगी
दैलेख,, जिल्ला प्रहरी कार्यालय दैलेखले वरामद गरेका घरेलु मदिरा बनाउन प्रयोग गरिने सामाग्री हिना मिना गरेको पाइएको छ ।घरेलु हिंसाको प्रमुख कारण घरेलु मदिरा भएको भन्दै प्रहरीले उक्त मदिरा सहित मदिरा बनाउन प्रयोग भएका सामान बरामद गर्दै आएको छ ।
प्रहरीले वरामद गरेको मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा प्रदार्थ सरोकारवालाको रोहवरमा नष्ट गर्ने गरेको छ भने भाडाकुडा हिनामिना गरेको पाइएको छ । मदिरा बनाउन प्रयोग भएका सामानहरु प्रहरी र कपाडीको मिलो मतोमा खरिद बिक्रि भएको छ । बिगत लामो समय देखी घरेलु मदिरा नियन्त्रण गर्नका लागि जिल्ला देखी आफ्ना मातहतका प्रहरी परिचालन गरी मदिरा लगायत सामानहरु बरामद गरी ल्याउने गरेको पाइन्छ । जस मध्ये मदिरालाई नष्ट गरे पनि सामान भने जिन्सी आम्दानी बाध्नु पर्नेमा सो नगरी मिलोमतोमा उक्त सामाग्री बेचेको एक जानकारले बताए ।यती मात्र नभई जिल्ला प्रहरी कार्यालय दैलेखले गत आ.ब. २०७६÷०७७ को असारमा खोलाबाट बालुवा गिट्टी ल्याउने गाडीहरुलाई नियन्त्रणमा लिई नदी जन्य मालसमान डिभिजन बन कार्यालय दैलेखले रु एक हजारका दरले जरिवाना गरी माल बस्तु जिप्रका दैलेखको परिसरमा घाटगद्दी गरेकोमा हाल उक्त माल बस्तु समेत हिना मिना भएको छ ।
सो बिषयमा डिभिजन बन कार्यालय दैलेखका बन अधिकृत नवराज पौड्यललाई बुझ्दा ‘गत आ.ब.मा, नदि जन्य बस्तु उत्खनन् गर्न बन्द भएको बेलामा उत्खनन् भइ, ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको थियो, सबै मालस्तु ल्याउने सवारीलाई रु एक हजार जरीवाना गरी उक्त माल बस्तु जि.प्र.का.परिसरमा झरेका हौ उक्त माल बस्तु लिलाम बिक्रि बिना कोही कसैले हिना मिना गर्न नपाउने कानुनमा रहेको बताए।
त्यस्तै एक सवारी चालक भन्छन यसरी खोलाबाट ल्याएको मालबस्तु जरिवाना तिरे पछी उक्त माल बस्तु हामीले लिन पाउनु पर्नेमा सो नभई जिप्रका परिसरमा झारेर गएकोमा हाल उक्त स्थानमा माल बस्तु नभएकोले हामी मर्कामा परेका छौ ।
डिएसपी अनुपम श्रेष्ठले,,बालुवा बगेर गएको र घरेलु मदिरा बनाउन प्रयोग भएको भाँडा कुडाहरु जिन्सी आम्दानी रहेकोले उक्त हल्ला मात्र भएको बताए ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग बुझ्दा‘ कानुनले निषेध गरेका कुनै पनि सरसामान वारदात स्थलमा फेला परेमा उक्त समान जफत भई उक्त जफत भएका समाग्री मध्ये नष्ट भई जाने समाग्रीहरु नष्ट गरिन्छ भने अन्य नष्ट नभई जाने मालसमानहरुलाई लिलाम बढाबढमा बिक्रि बितरण गर्नु पर्ने प्राबधान रहेको छ,,। भनि जानकारी दिए ।