मुसिकोट । मध्यपहाडि लोकमार्ग अन्तरगत रुकुम पश्चिमको पिपलनेटा माछिमि सडकखण्ड अन्तर्गत खरखरेमा आज सुख्खा पहिरो जाँदा दुई जना घाईते भएका छन ।घाईते मध्य एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ को खरखरेमा बिहिबार दिउँसो माथिबाट आएको पहिरोमा परि दुई जना घाईते भएका हुन । उनीहरु खलंगा बजार आउदै गरेका थिए । प्रहरीका अनुसार घाईते हुनेहरुमा सानीभेरी गाउँपालिका वडा नम्बर ११ बर्ष ५५ की देउपुरा खड्का र मुसिकोट नगरपालिका वडा नम्बर ३ माछिमिका बर्ष ५० का लाल बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्मिले जानकारी दिएको छ ।
घाईते मध्ये लाल बहादुर खत्री को अवस्था गम्भीर रहेका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभएको छ । खत्रीलाई थप उपचारको लागि जिल्ला बाहिर लिने तयारी भैईरहेको छ । दुबै जनालाई प्रहरीले घटनास्थतलबाट उद्दार गरेको थियो । उद्दार पछि प्रहरीको गाडीमा घाईतेलाई जिल्ला अस्पताल सल्लेमा लिइएको थियो ।