दार्चुला असार २४ गते / देशभरीका विद्यालयमा कार्यरत कार्यालय सहयोगी न्युनतम पारिश्रमिक भन्दा न्युन तलवमा काम गर्दै आएका छन् । व्यवस्था परिवर्तन भए आफ्नो पारिश्रमिक पनि परिवर्तन होला भनि आश गर्दा गर्दै काम गर्दै आएका विद्यालय कार्यालय सहयोगीको पारिश्रमिकमा कुनै फेरबदल भएको छैन । माध्यमिक तहसम्मको विद्यालय संचालनको जिम्मेवारी संविधानले स्थानिय तहलाई सुम्पीएको भएपनि विद्यालयमा कार्यरत कार्यालय सहयोगी तलवभत्तामा कुनै हेरफेर नभएको कर्मचारीहरुले गुनासो गर्दै आएका छन् ।

अन्य क्षेत्रमा कार्यरत कार्यालय सहयोगीहरुले नेपाल सरकारले तोकेको न्युनतम तलभभत्ता पाईरहेकोमा विद्यालयमा कार्यरत कार्यालय सहयोगीहरुले भने न्युन तलभभत्तामा काम गर्दै आइरहेको लेकम गाउँपालीका वडानम्बर १ को बडिपुर माध्यमिक विद्यालय सर्माेलीमा कार्यरत कार्यालय सहयोगी करडे साउँदको गुनासो छ ।

वि.सं. २०५२ सालबाट विद्यालयका काम गर्दै आएकोमा हाल मासिक ७ हजार ५ सय रुपैया मात्रै पाउने गरेको बताउनुभयो । नेपाल सरकारले माध्यमिक विद्यालयमा कार्यरत लाई हाल उक्त रकम मात्रै उपलब्ध गराउदै आएको कार्यलय सहयोगी साउँदले बताउनुभयो । शैल्यशिखर नगरपालिका वडानम्बर ६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलिमिलीमा कार्यरत कार्यालय सहयोगी धनसिह धामीले पनि वि.सं. २०३९ सालबाट विद्यालयका काम गर्दै आएकोमा हाल मासिक ७ हजार ५ सय रुपैया मात्रै छ।

उक्त रकममा विद्यालयले मासिक थप ५ सय रुपैया गरेको उनको भनाई छ । नेपाल सरकारले मजदुरको समेत न्युनतम पारिश्रमीक बढाएको भएता पनि हामि जस्ता विद्यालय कर्मचारीको कुनै वास्ता नगर्नु दु:खत भएको उनको भनाई छ । दैनिक ७ घण्टा विद्यालयमै समय विताउनु पर्ने भएकोले उक्त रकमले दैनिक उपभोग्यका सामाग्री खरिद गर्न समेत धौ धौ हुने गरेको उनको भनाई छ ।
सरकारले कुनै व्यवस्था गर्ला भनि लामो समयदेखि विद्यालयमा काम गरे तर उल्टै श्रमशोषण भएजस्तो लाग्छ उहाँले भन्नुभयो ।
स्थानिय तहको सरकारले त केहि गर्ला भन्ने आश थियो तर सामान्य मलोबल बढाउन सम्म पनि चासो नदिएको उनको भनाई छ ।

विद्यालयमा कार्यरत कार्यालय सहयोगीहरुले विभिन्न पटक आन्दोलन गरे पनि सरकारले कुनै वास्ता गरेको छैन । बन्द हड्ताल देखि बेला बेला सरकारलाई ज्ञापनमार्फत ध्यानाकर्षण गराएको भएता पनि हालसम्म कुनै निति लागु नभएको उनको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार