- टिमखबर सम्बाददाता दैलेख ,,

दैलेख दैलेखमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको नारायण नगरपालिकाले विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा नीजि विद्यालय सञ्चालनमा ल्याएको हो ।
लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको शाहको भनाई छ ।

‘पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याएका छौँ,’ शाहले भने ‘विद्यार्थीहरुलाई स्वास्थ्य सामग्रीहरु मास्क सेनीटाइजर व्यवस्थापन गर्नका लागि हरेक विद्यार्थीलाई २ सय रुपैयाँका दरले विद्यालयलाई रकम उपलब्ध गराएका छौ ’उनले भने,।

स्वास्थ्य सावधानी अपनाएर एउटा बेच्चमा दुई जना विद्यार्थी राखेर पठनपाठन सुरु गरेको नारायण नगरपालिका–८ स्थित सरस्वती मावी तर्ताङ्गका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसीले बताए । ‘हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी कक्षामा पठनपाठन सञ्चालन गरेका छौँ,’ जिसीले भने ।
विद्यालय सञ्चालन गर्नुपूर्व विद्यार्थीलाई व्यक्तिगत सुरक्षा सामग्रीहरु स्यानिटाइजर र मास्क उपलब्ध गराएको जिसीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार