- सत्य बटाला

रुकुम पश्चिम आठबिसकोट नगरपालिका मा आज शनिबार कर्णाली प्रदेशका अर्थमन्त्री गोपाल शर्मा अनल अर्थमन्त्री भए पछि पहिलो पटक आठबिसको नगरपालिका मा उपस्थित हुनुभएको हो ।
अर्थमन्त्री भएपछि पहिलो पटक आठबिसकोट नगरपालिका मा आएको हुदा नगरपलिका मा नगर प्रमुख गोर्ख बहादुर केसि सन्देश लगायत नेकपा पाटीका नेता कार्यक्रता लगाएतले नगरपालिकामा स्वागत गरिएको नगर प्रमुख केसिले बताउनु भयो ।
नगर पालिकामा कार्यक्रता भेटघाट अनौपचारिक कार्यक्रम गरिएको प्रमुख केसिले
जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रममालाई सम्बोधन गर्दै नगर प्रमुख केसिले अहिले समय भनेको रुकुमको लागि खुशीको कुराभएको बताउभयो संघय सरकार प्रदेश सरकारले पहिलो पटक अर्थमन्त्री पाएको हुदा रुकुमलाइ खुशिको कुरा भएको बताउदै धेरै बिकास गर्नको लागि बजेटको आवश्यक पर्ने भएकोले बजेटको पुर्ण आशा गरेको बताउदै पालिकामा बिकास गर्ने कुरामा बजेट अभाव नहोस नगरपालिकामा धेरै बिकास गर्न बाकी भएको हुदा बजेटको पुर्ण आशावादी भएको उहाँको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य रातो कामी आरटिले बिकाश तुलनात्मक रुपमा भैरहेको छ । अबको बिकास भनेको तुलनात्मक रुपमा नभइ बिकास तीब्र गतिमा हुने कुरा बताउदै । उहाँले प्रदेश सरकार बाट आफुबाट हुनसक्ने सम्पुर्ण सहयोग गरिने बताउनु भयो ।
प्रदेश सरकारका अर्थमन्त्री गोपाल शर्मा ( अनल ) ले कार्यक्रमलाई सम्बोधन गर्दै

आफु अर्थमन्त्री भपछी पहिलो पटक आएको र आफुले प्रदेश सरकारमा माउबादी कार्यक्रम ल्याएको बताउदै । आफु गृहमन्त्री भए यता आफुले जनयुद्धमा मृत्यु भएका परिवारल मासिक २ हजार दिने ब्यावस्था प्रदेश सरकार बाट मिलाएको र जनयुद्धमा घाइते भएकाहरुलाइ उपचारको लागि मासिक २ हजार उपलब्ध गराउने ब्यवस्था पनि मिलाएको बताउनु भयो ।
आठबिसकोट नगरपालिका लागि विभिन्न शीर्षकमा बिकासको लागि आफुले प्रदेश सरकार बाट सक्ने जति बजेट ब्यवस्थापन गरेको बताउनु भयो ।
उक्त कार्यक्रममा प्रदेश सरकारका अर्थमत्री गोपाल शर्म प्रदेश सभा सदस्य रातो कामी आरटी, अठबिसकोट नगरपालिका प्रमुख गोर्ख बहादुर केसि सन्देश , नेकपा आठबिसकोट सचिव रबि केसि लगायत नेकपा का जिल्ला कमिटी सदस्यहरु, नगरकमिटी सदस्यहरु लगाएत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार