पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । निरन्तर वर्षाले मोदी गाउँपालिका ६ बेतनीमा पहिरो झरेर आज बिहानै देखि रोकिएको सडक केहिबेर अघिदेखि सुचारु भएको हो ।
पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तब्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। निरन्तर वर्षाले पहिरोले जोखिम भने कायमै रहेको उनले बताए ।
यसैबीच निरन्तर वर्षाले मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपुर्ण बनेको छ ।