काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने व्यक्तिहरुको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। संसदीय दल गठनका लागि आइतबार बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको हो।
चाँडै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसका लागि आवश्यक समयमा निर्णय गरिने सांसद विरोध खतिवडाले बताए।
बैठकले प्रतिनिधिसभा, संसदीय दलका नेतामा अध्यक्ष नेपाल र राष्ट्रियसभा संसदीय दलका नेतामा बेदुराम भुसाललाई चयन गरेको छ। बैठकले पाँच सदस्यीय संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी निर्माण गरेको छ।
नेता नेपाललाई मन्त्री चयनको जिम्मेवारी

