काठमाडौं,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार मन्त्रिपरिषद् विस्चारका विषयमा ठोस छलफल हुने बताउनुभएको छ ।सोमबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाही काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विचार व्यक्त गर्नुहुदै उहाँले आगामी निर्वाचनमा माओवादी केन्द्र देशकै पहिलो पार्टी हुनुपर्ने समेत बताउनुभयो ।

यसैगरी मधेश मुक्तिका लागि पदेश नम्बर २ मा माओवादी केन्द्रलृ अत्याधिक बहुमत प्राप्त गर्नुपर्ने उहाँले बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले आज छिटोभन्दा छिटो मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिने जनाउदै आएको छ । यसै विषयमा आज बिहान पनि प्रधानमन्त्री देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचमा छलफल भएको थियो ।गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार