उदयपुर : उदयपुरमा अलग-अलग बलात्कारका घटनामा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारी भदौ २ गते १४ बर्षिया बालिकालाई बलात्कारको आरोपमा ताप्लि गाउँपालिकाका २ लेखगाउँका ३२ बर्षिय राकेश राईलाई प्रहरीले सोमबार बेलुका पक्राउ गरेको हो ।
त्यसैगरी १४ बर्षिया बालिका बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका १२ का ४० बर्षिय आनन्द चौधरीलाई प्रहरीले सोमबार राती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
पीडितका आफन्तले इलाका प्रहरी कार्यालय र जिप्रकामा दिएको जाहेरीका आधारमा आरोपित युवालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका आरोपित युवालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ।