- गोपाल बटाला

रुकुम पश्चिम,,स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक विष्णुवहादुर वुढाथोकीले दक्ष प्रसुती सेवा (एसविए) तालिममा समेत आफन्त र आसेपासे सहभागी गराउने गरेको आरोप लागेको छ।

सम्वन्धित स्वास्थ्य संस्थालाई जानकारी नै नदिई आठबिसकोट नगरअस्पतालमा कार्यरत चौथो तहकी अनमी लंका पुनलाई आफुखुसी वोलाएर तालिममा सहभागि गराएपछि वुढाथोकीमाथि यस्तो आरोप लगोको हो । लंका पुन वुढाथोकी वुहारीकी वहिनी हुन ।

बुढाथोकीले स्वास्थ्य शाखालाई कुनै जानकारी नै नदिई पुनलाई तालिममा पठाएको आठविसकोट नगर अस्पतालका कर्मचारीहरुले आरोप लगाएका छन् । ४ साउन देखि ८ साउनसम्म बिदामा बसेकी पुनलाई ७ साउनदेखि उपस्थित हुन भन्दै तालीम केन्द्र सुर्खेत पठाइएको उनीहरुले वताए।

अस्पतालका हेल्थ असिस्टेन्ट प्रेमप्रकाश रोकाका अनुसार पुनः आधारभूत स्वास्थ्य सेवाकेन्द्र ठुलीबार्खु दरवन्दी भएपनि बिगत १ वर्षदेखी पहुँचकै भरमा नगरअस्पतालमा काजमा छिन् ।

६० दिनको दक्ष प्रसुती सेवा तालिममा कर्मचारी पठाउँदा स्वास्थ्य शाखासँग समन्वय गर्नु पर्नेमा हाकिमको ठाडो निर्देशनमा आफ्नै बुहारीको बहिनीलाई अठाईएपछि अस्पतालका कर्मचारी असन्तुष्ट छन् ।

‘आफनो संस्थाका कर्मचारी तालिममा सहभागि हुनु राम्रो पक्ष हो, तर अस्पताल र स्वास्थ्य शाखालाई नै जानकारी नदिई लुसक्क तालिममा तानिनु दुःखद हो’ एक कर्मचारीले भने–‘नातेदार भएकै कारण उहाँले त्यो मौका पाउने भयो, तर आवश्यक्ता चै अरुकै थियो।’

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाथोकीले भने आफुले कुनैपनी आग्रह–पुर्वाग्रह नराखी पुनलाई तालिममा पठाएको वताए । ‘नातेदार भएकै कारण तालिममा पठाएको होईन । सानीभेरी गाउँपालिकाबाट एक जना र आठबिसकोट नगरपालिकाबाट एक जनालाई तालिमका लागी छनौट गरिएको हो’ उनले भने–‘नगर अस्पताललाई कर्मचारी तालिममा पठाउने बारे कुनै पत्र पठाइएको छैन । लंकालाई नै अस्पताललाई जानकारी गराएर जानु भनेको थियो, वहाँ गराउनु भएनछ।’

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम दक्ष प्रसुती सेवा (एसविए) तालिम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार