दैलेख ः नेपाली कांग्रेस दुल्लु नगरपालिका १० को वडा कार्य समितिमा दिपेन्द्र पुरीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरिएको छ । पार्टीको १४ औं महाधिवेशनबाट पुरीको नेतृत्वमा सर्वसहमत नेतृत्व चयन गरिएको हो । युवा नेता पुरी दुल्लु नगरपालिकाका युवाहरु माझ लोकप्रिय छन् । नेपाली काङ्ग्रेसको स्थानीय राजनीतिमा पुरीको बलियो पकड रहेको देखिन्छ ।
पुरीको नेतृत्वमा गठित कार्यसमितिमा उपसभापति
अन्जीर वि.क र भीम बहादुर थापा सचिव दिप बहादुर थापा र इन्द्र बहादुर थापा, सह सचिव राम बहादुर शाहि र रेशम बहादुर शाहि चयन भएका छन् ।
यसैगरी, सदस्यमा बम बहादुर भण्डारी,चक्र नाथ योगी,तिलक नाथ योगी,ईन्द्र बहादुर खत्री,निर्मला थापा खत्री,धर्म गिरी तुल्क्षा कामी,भिम बहादुर भण्डारी,बम बहादुर योगी,योगेन्द्र योगी,रेशम बहादुर खड्का ,तेज बहादुर थापा ,नरनाथ योगी,अम्मर बहादुर खत्री,सुर्य पुरी,रमा विक.बलजित कामी,सम्झना गिरी ,रमादेवि योगी र गोमा थापा निर्विरोध निर्वाचन प्रक्रियाबाट चयन भएको मतदान अधिकृत लोकेन्द्र भण्डारीले जानकारी दिए ।
उनका अनुसार क्षेत्रीय प्रतिनिधि का लागि सुमन नाथ योगी, हरिहर उपाध्याय ,दिप बहादुर भण्डारी,टेक बहादुर नेपाली,भिम बहादुर शाहि,शिवराज खड्का भिम कुमारी भण्डारी,निर्मला थापा –खत्री) योगेन्द्र योगी,गोविन्द्र बहादुर गुरुङ,खड्क बहादुर थापा,गोकर्ण नाथ योगी ,गोमा थापा र धना कुमारी योगी चयन भएका छन् ।
नेपाली कांग्रेस दुल्लु नगरपालिका १० को वडा सभापतिमा पुरी चयन ।।
- टीमखबर सम्बाददाता,दैलेख

