दोलखा । जिल्लाको बिगु गाउँपालिका वडा नम्बर -५ मा तारा बहादुर खड्का नेपाली कांग्रेसको वडा सभापतिमा सर्वसम्मत बिजयी भएका छन् । खड्का लगायत १५ जनाको कार्यसमिति बिजयी बनेको हो ।
नेपाली कांग्रेसको वडा कार्यसमितिको उपसभापतिमा पलराम खड्का ,सचीव रमेश खड्का लगायतका १५ पदमा सर्वसम्मत चयन भएका छन् । लामो समयदेखि राजनीतिमा क्रियाशिल रुपमा लाग्दै आएका तारा बहादुर खड्का युवा नेताका रुपमा चिनिएका छन् ।
अधिकांश जिल्लामा कांग्रेसको शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ ।महाधिवेशन कार्यतालिकामा १८ भदौमा सबै वडामा आज अधिवेशन सुरु भैसकेको छ। सामाजिक तथा राजनीति जिवनमा अब्बल खड्का बिजयी भए पछि स्वच्छ कांग्रेस र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अघि बढ्ने संकल्प व्यक्त गर्नुभएको छ।