रुकुम पश्चिम ,,रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -११ मा रहेको सिस्ने हिमाल बालगृहमा बस्दै आएकी बालिका माथी बलात्कार भएको घटनामा सग्लंनलाई कारबाही गर्न नेकपा (माओवादी केन्द्र )जिल्ला सम्वनय समिती रुकुम पश्चिमले माग गरेको छ ।
पार्टीका संयोजक गोपाल शर्मा (अनल)को हस्ताक्षर भएको बिज्ञप्ति निकाल्दै उक्त बालगृहमा भएको जघन्य अपराधको घटना प्रती पार्टीको ध्यानाकर्षण भएको भन्दै दोषी उपर कारबाहीको माग गरेको हो ।
बिज्ञप्तिमा भनिएको छ,,”बालिका माथी भएको यश प्रकारको अपराधीक कार्यप्रती हामी घोर निन्दा एवं भत्सर्ना गर्दछौं । अपराधीक घटनाको गम्भीर अनुसन्धान गरि घटनामा संलग्न दोषीमाथी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई हामी बिशेष अनुरोध गर्दछौं” ।
जिल्लाको आठबिसकोट नगरपालिका -११ मा सञ्चालित सिस्ने हिमाल बालगृहमा भर्ना गरिएकी १२ वर्षकि बालिका दुई बर्ष देखि निरन्तर बलात्कारको शिकार बन्दै आएको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।
कोरोनाका कारण देशमा जारी लकडाउनको समयमा कुश्माकर चनाराले ती बालिका लाई पटकपटक बलात्कार गर्दै आएको जनाईएको छ। आठबिसकोट नगर अस्पतालमा गरिएको स्वास्थ्य परिक्षणमा पीडित बालिका गर्भवती भएको प्रमाणित भैसकेको छ ।
यस्तो छ पूरा बिज्ञप्ति