- टिमखबर सम्बाददाता :दैलेख

दैलेख ः दैलेखमा विद्यालय सञ्चालमा हुने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको नारायण नगरपालिकाले आउँदो आइतबार भदौ २७ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । नगर भित्रका सामुदायिक तथा नीजि विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
नारायण नगरपालिकाले साउन २२ गते देखि विद्यालय संचालन गरेको थियो । जिल्लामा कोरोनाको कहर बाँकी नै रहेको भन्दै जिल्ला प्रशासनले परिपत्र गरेपछी एक हप्तामै विद्यालय बन्द गर्नु परेको थियो । अहिले विद्यालयमा स्वास्थ मापदण्ड पुरा गरी विद्यालय संचालन गर्ने लागिएको नारायण नगरपालिका शिक्षा विज्ञान तथा प्रविधि शाखा संयोजक हिमालयजंग शाले जानकारी दिए ।
लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु हुने शाहको भनाई छ । उनले भने ‘पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउन लागेका छौँ । सोमबार सबै विद्यालयका प्रधानाध्याक सहितको मिटिङ्ग बसी आइतबार बाट विद्यालय लगाउने निर्णय गरेका हौँ । ‘विद्यार्थीहरुलाई स्वास्थ्य सामग्रीहरु मास्क सेनीटाइजर व्यवस्थापन गर्नका लागि हरेक विद्यार्थीलाई २ सय रुपैयाँका दरले विद्यालयलाई रकम यस अघिनै उपलब्ध गराएका छाँै ।
विद्यालयमा विद्यार्थी संख्याको आधारमा जोड विजोर कक्षा संचालन गरिने भएको छ । एउटा कक्षामा ३० भन्दा बढि विद्यार्थी भएमा २ सिप्टमा कक्षा संचालन गरिने छ । जिल्लामा विद्यालय संगै महामारीको समयमा सुनसान भएको सदरमुकाममा अहिले चहलपहल बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार