काठमाडौं, झण्डै ५ महिना पछि पशुपतिनाथ पशुपतिनाथ मन्दिरको मूल ढोका आजबाट भक्तजनहरुको लागि खुला गरिएको छ । बिहीबार क्षमा पूजा गरेपछि आज बिहानबाट पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला गरिएको हो ।को’रो ना भाइरसको संक्रमणकै कारण बन्द रहेको गुह्वेश्वरीतर्फका ढोका पनि खुला गरिएको छ ।

यसअघि को’रो ना भाइरसको नयाँ भेरियन्ट पाइएपछि गत बैशाख १० गतेबाट पशुपतिको मूल ढोका बन्द गरिएको थियो। को’रो ना महामारीकै कारण यसअघिसम्म भक्तजनहरुले पशुपतिको मूलथानमा पूजा गर्न पाएका थिएनन्। हाल मन्दिर खुला गरिए पनि भक्त जनहरुले को’रो ना भाइरसका लागि बच्न अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्ने पशुपति बिकास कोषले जनाएको छ ।

जस्तै, पशुपति दर्शन गर्न जानेहरुले मास्क अनिवार्य लगाउनु पर्ने र भौतिक दुरी कायम गर्नुपर्नेछ । साथै एकै पटकमा २५ भन्दा बढी भक्तजनहरु प्रवेश गर्न पाउने छैनन् भने दर्शनका लागि प्रवेश गरेको ढोकाभन्दा अन्य ढोकाबाट निस्कीनु पर्नेछ। नेपालमा को’रो ना भाइरसको पहिलो चरणको सं’क्रमण फैलिदै गर्दा पनि पशुपतिनाथको मन्दिर ९ महिनाका लागि बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार