- टिमखबर संवाददाता

जाजरकोटमा, जीप दुर्गघना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको जाजरकोटका प्रहरीनायब उपरीक्षक मधुकुमार थापाले जानकारी
दिनुभयो ।

उहाँका अनुसार दुवै जनाको घट्ना स्थलमै मृत्यु भएको हो । दुर्घटना मा परि ६ जना घाइते भएका छन् । घटना बारे थप विवरण आउन भने बाँकि रहेको छ । आज दिउँसो पौउने चार बजेतिर जिप दुर्घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार