- गोपाल बटाला

काठमाडौँ: मोडल, कलाकार तथा समाजसेवी दीपक लामाले आज असोज ५ गते विपन्न, दिनदुखी र सडकबास भएका मानिसहरुलाई निशुल्क खाना खुवाएर जन्मदिन मनाएका छन् ।

जन्मदिनको अवसरमा उनले ललितपुरस्थित महालक्ष्मीस्थान क्षेत्रका विपन्न, दिनदुखी र सडकबास भएका मानिसहरुलाई निशुल्क खाना खुवाएर जन्मदिन मनाएका छन् ।

‘हामी यस धर्तीमा पाइला टेकिसकेपछि आफू मात्र होइन सिंगो समाजका लागि, विशेषगरी विपन्न तथा सडकबास गर्नेहरुका लागि पनि केही सहयोग गर्नु पर्छ । सकिन्छ भने राम्रो गरौँ सकिन्न भने नराम्रो कसैको नगरौँ’ अभिनेता लामाले बताए ।

सिन्धुली तीनपाटन गाउँपालिका ३ का स्थायी बासिन्दा लामाले आगामी वर्षहरुमा पनि यसै गरी सामाजिक सहयोग तथा परोपकारी काम गर्दै आफ्नो जन्मदिन मनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार