- सत्य बटाला

रुकुम पश्चिम,, आठबिसकोट नगरपालिका ८ दाजेमा,२२ औ भाद्र पुर्णिामा मेला मुल आयोजक समितीको आयोजना मा पुरुष डबल ब्याडमिन्टन खेलमा गणेश केसि र राजेन्द्र चन्दको टिम प्रथम भएको मुल आयोजक समितिले जानकारी दिनुभएको छ । उक्त खेलमा १६ टिम सहभागी रहेको थियो । फाइनल मा सिदार्थ केसि र नरेन्द्र केसि को टिमलाइ २ – ० को सोझो सेटमा हराएको बताएको छ । प्रथम हुने टिमले १२ हजार नगद मेडल, कप र प्रमाण पत्र, रहेको थियो ।दोस्रो हुने टिम सिदार्थ र नरेन्द्रको टिमले ८ हजार नगद मेडल कप र प्रमाण पत्र उपलब्ध गराएको मुल आयोजक समितिले जानकारी दिएको छ ।

उक्त मेलामा खुल्ला भलिबल प्रतियोगिता गरिएको थियो जम्मा ८ टिम मध्य प्रथम बाफिकोट दिर्तिय आयोजक र तृतीय बटालागाउ भएको बताएको छ । जसको पुरुषकार क्रमश ४२ हजार, २८ हजार, २०हजार रहेको आयोजकले जानकारी दिएको छ ।
भाद्र पुर्णिामाको अवसरमा उक्त मेला आयोजना गरिएको थियो मेला असोज ३ गते देखि शुरु भएर असोज ६ गते सम्मा चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार