दैलेख ः नारायण नगरपालिका–६ बर्खालेपानी (नर्सरी धारा) मा सरसफाईसँगै वृक्षारोपण गरिएको छ । दिगो विकास लक्ष्यको कार्य सप्ताह कार्यक्रम अन्तरर्गत पानीको मुहान संरक्षण तथा दिगोपनाका लागि सरसफाई तथा वृक्षारोपण गरिएको छ ।
नारायण नगरपालिका–६ बर्खालेपानी (नर्सरी धारा) सँगै अन्य क्षेत्रमा पनि सरसफाई तथा वृक्षारोप गरिएको छ । दैलेख जिल्ला सदरमुकाम क्षेत्रका ३ वटा पानीका मुहानहरुमा सरसफाई तथा बृक्षारोपण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए ।
नारायण नगरपालिका–६ बर्खालेपानी (नर्सरी धारा) को झण्डै ५० मिटर माथि पट्टी पानीको मुहान संररक्षणका लागि रिचार्ज पोखरी निर्माण गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
जलस्रोत तथा उर्जा विकास कार्यालय दैलेखको अगुवाईमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिभिजन वन कार्यालय, एभरेष्ट क्लब, नेपाल रेडक्रस सोसाइटी दैलेख शाखा, सेवक दैलेख लगाएतका सरकारी निकाय तथा गैरसरकारी संस्थाहरुले सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेका हुन् ।