मोरङ,१७ असोज: नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । चौथो महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उनले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गरेका थिए ।

उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भए । महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।-रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार