नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन स्थगित भएको छ । १८ असोजमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । दसैँ नजिकिएको र अधिवेशनका लागि आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत सहाना प्रधानको घरायसी कामले समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको वर्तमान पार्टी सभापति दीपबहादुर शाहीले बताए ।

उनले भने, ‘आगामी ३ कात्तिकमा गर्ने गरी जिल्ला अधिवेशन तोकेका छौँ । तर, यसमा पार्टी केन्द्रले १÷२ दिन अघिपछि पनि हुन सक्छ । वडा, पालिका, प्रदेश ‘क’ र ‘ख’ सबै अधिवेशन सम्पन्न गरेका छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार