पेरिस । फ्रान्सका चर्चहरूमा त्यहाका पादरीहरुले २ लाखभन्दा बढी बालबालिकाहरुलाई यौन शोषण गरेको खुलासा भएको छ । त्यहा पादरीहरूले सन् १९५० यता २ लाखभन्दा बढी बालबालिकालाई यौन शोषण गरेको तथ्य सार्वजनिक भएको हो।

समाचार संस्था रोयटर्सका अनुसार मंगलबार सार्वजनिक भएको एक अनुसन्धान रिपोर्टले २ लाख १६ हजार बालबालिकाले त्यस्तो शोषण भोग्नु परेको उल्लेख गरेको छ । यौन शोषणमा पर्नेमध्ये धेरैजसो बालकहरू रहेको र उनीहरू १० देखि १३ वर्षको हुँदा शोषणमा परेको उल्लेख गरिएको छ।

फ्रान्सका क्याथोलिक चर्चहरूमा हुने यौन शोषणको अनुसन्धान गर्न सन् २०१८ मा एउटा आयोग बनाइएको थियो। उक्त आयोगको नेतृत्व अवकाशप्राप्त कर्मचारी जिनमार्क स्वाभले गरेका थिए।

मंगलबार आफ्नो अध्ययनको रिपोर्ट सार्वजनिक गर्दै स्वाभले फ्रान्सका क्याथोलिक चर्चहरूले आफूलाई जोगाउन वर्षौंदेखि पीडितलाई गहिरो र क्रुर तरिकाले बेवास्ता गरेको बताए।

संसारभरिका रोमन क्याथोलिक चर्चहरूमा यौन शोषणका घटनाहरू सार्वजनिक भइरहेका बेला फ्रान्सेली अनुसन्धान रिपोर्टले चर्चभित्र भइरहेको शोषण आममान्छेले सोचेभन्दा निकै बढी भएको देखाएको रोयटर्सले उल्लेख गरेको छ।

संसारभर छरिएर रहेका उसका पादरीहरूले व्यापक ढंगले बालबालिकालाई यौन इच्छा तृप्तिको सिकार बनाएको आरोप लागेको छ । होलिसीले राष्ट्रसंघको बाल अधिकार सम्झौतामा हस्ताक्षर गरेको छ । यसअनुरूप उसले कानुनी रूपले बालबालिकाको संरक्षण र उचित हेरचाह गर्नुपर्नेछ । गत वर्ष राष्ट्रसंघको उक्त समितिले भ्याटिकनसँग सन् १९९५ पछि सार्वजनिक भएको यौन शोषणबारे विस्तृत विवरण दिन अनुरोध गरेको थियो ।
यो सुनुवाइपछि चर्चले कथित गोपनीयता नीतिको समापन गर्ने पीडितले आशा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार