रुकुम पश्चिम आठबिसकोट नगरपालिका कार्य विनायक मिडिया प्रा.लि.द्वारा संचालित टिम खबर डट कमको शाखा कार्यालय एक औपचारिक कार्याक्रम गरि उदघाटन गरिएको हो । नगरपालिकाकै पहिलो मिडियाको रुपमा स्थापन भएको टिम खबरका सह सम्पादक सत्य बटाला शाखा प्रमुख हरेर संचालनमा ल्याइएको टिम खबरका अध्यक्ष गोपाल बटालाले जानकारी दिनुभयो ।
यस मिडियालाइ प्रभावकारी र ब्यवस्थित रुपमा संचालन गर्ने, अनलाइन मार्फत बिभिन्न बीसंगति बिकृतीहरुको चिरफार गर्ने उदेश्य साथ संन्चालनमा ल्याएको टिम खबरले जनाएको छ ।
टिम खबरको उद्घाटन कार्याक्रममा बोल्दै आठबिसकोट नगरपालिका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिले नगरपलिकामा पहिलो मिडिया भएकोले । मिडिया भनेको समाजको अहिना भएकोले यस मिडियाले पनि अहिना कै रुपमा काम गर्ने बिश्वास गरेको बताउदै टिम खबर लाई शुभकामना दिनुभएको छ ।
उक्त कार्यक्रममा नेकपा आठबिसकोट कमिटि सचीव रवि केसिले कार्याक्रमलाई सम्बोधन गर्दै टिम खबर हाम्रै गाउँ बस्तीमा आएकोले खुशी ब्यक्त गर्नुभएको छ । टिम खबरले गाउँ बस्ती मा लुकेर रहेका प्रतिभाहरु, खोज अनुसन्धान गरेर खोज पत्रकारितामा प्रभाव कारी बनाउने छ । भन्दै टिम खबरलाई शुभकामना दिनुभएको हो ।
उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आठबिसकोट नगरपालिका नि.प्रमुख प्रसाशकिय अधिकृत मनिरज शाहले रुकुम मा प्रत्रकार को पनि बिस्तारै बिकाश भैइरहेको छ केही बर्ष पहिला जिल्लामा मात्र पत्रकार रहेर काम गर्ने अवस्था थियो पहिला पत्रकारिता गर्ने निकै गारो थियो । अहिले पत्रकारिता मा आमूल परिबर्तन भैरहेको छ ।
आफू पनि पहिला पत्रकारिता बाटै आएकोले रुकुमको पत्रकारिता को बिषयमा परिवर्तन आउदा खुशी ब्यक्त गर्दै । आठबिसकोट नगरपालिका मा पहिलो मिडिया रुपमा स्थापित हुने मिडिया टिम खबर लाई शुभकामना दिनुभएको हो ।
शाखा कार्यालय उद्घाटनमा टिम खबरका अध्यक्ष गोपाल बटाला को अध्यक्षता रहेको कार्यक्रमको स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ काठमाडौ शाखा सदस्य अर्जुन बिष्टले, गर्नुभएको कार्यक्रमको प्रमुख अथिती नगर उपप्रमुख गिता नेपालीको रहेको थियो ।
विशेष अतिथीमा नेकपा नगरकमिटी सचिव रवि केसि , प्रमुख प्रशासकिय अधिकृत मनिराज शाह ,नेकपा नेता मनिराज बटाला , वडा नम्बर ९ का अध्यक्ष तारक शाही ,वडा नम्बर १०ं अध्यक्ष गंगाराम चदारा , सेन्चुरी कमर्सियल बैक शाखा प्रमुख डम्बर गौतम,नेकपा एमालेका नगर कमिटी संयोजक दिनेश चन्द,एकिकृत समाजबादि पाटीका नेता वीर बहादुर शाही, नवराज मल्ल, लगायत अथितिहरुमा मध्यन्न पोष्ट अनलाइन का अध्यक्ष अविरल चन्द, सह सम्पादक गंमासिंह घर्ती ,लगाएकतको आथित्यता रहेको कार्यक्रमको संन्चालन कल्पना बिकले गर्नुभएको थियो ।