दशै बिदामा हामि ८ जनाको टिम यसपाली मध्यपश्चिममा अवस्थित रारा तालको भ्रमण गर्ने निधो गर्यो । सरद ऋतुको आगमनले होला वातावरणले पनि निकै साथ दिएको महसुस हामिले गरेका थियौ । करिब हप्तादिन भ्रमणमा घुम्ने योजना तालिका तय गरेपछि हामी असोज २१ मा रुकुम पश्चिम बाट मुगुको ( हुटु) मा पर्ने रारातालको लागि अगाडि बढ्छौ ।
ताल सम्बन्धि छोटो जानकारी र इतिहास ।
वि.स.२०२० सालमा स्व. राजा महेन्द्र जुम्ला गएका बेला हिडेर मुगुको राराताल अवलोकन गर्नुभएको रहेछ । त्यसपछि मात्रै यो तलाउ रास्ट्रय तथा अन्तरास्ट्रिय रुपमा चिनिन पुगेको रहेछ ।
त्यसपछी २०३२ सालमा यो क्षेत्रलाई निकुञ्ज ( रारा रास्ट्रय निकुन्ज ) स्थापना गरि सिमसार क्षेत्र घोषण गरिएको रहेछ । त्यसतालका किनार छाप्रु र रारा नामक दुइ गाउँलाइ नेपालगन्जमा पुनर्बास गराएको कुरा पनि जानकारी भयो । त्यसको करिब ३ बर्ष पछि देखि नेपालीसेनाको दुर्गा भंजन गुल्मले रेखदेख हालसम्म गर्दै आएको छ । यो ताल राजा महेन्द्रको माध्यमबाट चिनिएकोले कहिँ,कतै महेन्द्र तालको नामले पनि मानिसहरूले चिन्ने रहेछन ।
तालहरुकी रानी मानिने राराताल मुलुककै ठूलो र गहिरो तालको रुपमा सुपरिचित छ । कलकल र निश्रल पनिले भरिभराउ रारातालको लम्बाइ ३.२किलोमिटर गहिरा १६७ मिटर रहेको छ । रारा ताल कुल १०.८ किलोमिटर फैलिएको राराताल २९९० उचाइमा अवस्थित यो तलाउले दिनमा ३ देखि ४ पटक सम्मा पनिको रङ परिवर्तन गरेको पनि देख्न सकिन्छ ।
विश्रमै लोप हुनलागेको असला माछा पनि यो तलाउमा पाइने होटल वाला साउजिले अवगत गराउनुभयो ।
निकुन्जका एक पदाधिकारीका अनुसार एकल मुहान नभै ३०-३५ जति स-साना पहाडी खोलानाला र जमिन मुनिबाट आएको पानी नै तलाउको मुख्य श्रोत रहेको स्थानीयले विस्वास गर्दा रहेछन । रारातालको निकास रुपमा निजार खोला रहेको छ । जुन खोला बग्दै जाँदा खत्याडखोलाको नामले चिनिने रहेछ ।

कसरी र कहाँ बाट जानसकिन्छ त रारा ताल ?
सामान्य जसो रारा तालको लागि नेपालगन्ज बाट ताल्चा (मुगु ) को हवाईयात्रा प्रचलित एवं सजिलो मार्ग हो । ताल्चा बाट करिव २,३ घन्टाको पैदल यात्रापछी रारा तलाउमा पुगिन्छ । तर हामी स्थलमार्ग बाट जाने भएकाले बाइक लिएर गएका थियौँ । पछिल्लो समय हवाइमार्ग भन्दा दढी बस, बाइक,निजि सवारी बाट हुटु रारा पुग्नेको संख्या हृात्तै बढेको एक स्थानीयबाट जानकारी भयो र हामिले देख्यौं पनि । पछिल्लो समयमा निजि कम्पनीहरुले रारा भ्रमण प्याकेज सुरुगरेको पनि पाइयो । जुन बाटो भएर गएपनि निकुन्ज भित्र सवारी राखेर करिव २ घन्टा जति हिड्नु पर्दो रहेछ । जुन घुमफिरको मज्जा नै बेग्लै हो ।

पहिलो दिन : (रुकुम पश्चिम, जाजरकोट ,सल्यान,छिन्छु , सुर्खेत हुँदै दैलेख )
पहिलो दिनको बिहानको खाजा नास्ता लिएर हामी दैलेखको गुराँसे साम्माको यात्राको लागि हामी आ-आफ्नो बाइकमा अगाडि बढ्यौ । भ्रमणको पहिलो दिन भएर होला हामि सबै माझ उत्सुकता देखिन्थ्यो । केही घन्टा पछि हामि सल्यानको सल्लिबजार सबैजनाले बाइक रोकेर खाना खाएर अगाडि बढ्यौ हामी छिन्छु हुँदै दिउँसो को खाजा खाना कर्णाली प्रदेशको राधानी सुर्खेत मा पुगियौ । हामिले दिउँसो को खाजा खायौं सबैका बाइक मर्मत गरि अगाडी बढ्यौं त्यो दिनको तालिका अनुसार दैलेखको गुराँसे मा बस्यौं ।

दोस्रो दिन : (पालेटाडा, साइखोला,राकम कर्णाली,मान्म , ताडिबजार,नाग्म गोठिजिउला हुँदै सिजा )
हाम्रो दोस्रो दिनको योजना तालिका दैलेख को गुराँसे देखि जुम्लाको सिजा उपत्यका सम्माको यात्राको लागि बिहान करिब ६ बजेतिर नित्यकर्म गरेर आ- आफ्नो बाइकमा अगाडि बढ्यौं । तल्लो ढुंगेसोर पुगरे बिहानको चिया नास्ता गरेर त्यहाँ सबैले बाइकमा पेट्रोल हालेर अगाडि बढ्यौं । तलतिर कर्णाली नदि आफ्नै रप्तारमा सलल बगिरहने माथितिर कर्णाली राजमार्ग मा दसै जनिकै आइरहेकाले सहरतिर गएका दैलेख बासी, कालिकोट बासी, जुम्ला बासी, मुगु बासिहरु दशै तिहार मनाउन घर आउनेहरुको गर्दा कर्णाली राजमार्गमा बस, मोटरसाइकल , निजि सवारी सधन, माल बाहक गाडिले अत्यन्तै ब्यस्त देखिन्थ्यो । हाम्रो टिम बाइकमा अगाडि पछाडि गर्दै केही घन्टा पछि राकम कर्णाली पुगेर खाना खायौं ।
हाम्रो यात्रा लामो भएको हुदा त्यहाँ ढिलानगरी अगाडि बढ्यौं । कर्णाली वारि दैलेख पारी अछाम हुँदै अगाडी बढ्दै गर्दा हामी सेरिघाट भने सानो बजार देखा पर्यो । त्यहाँ बाट मान्म बजार असाधै राम्रो र सुन्दर देखिदो रहेछ । हामी सबै बाइकमा धकित भएका थियौ । यक्छिन सबैले बाइक रोकेर मान्म को सुन्दर बजार देख्दा सबैको थकाइ नै मेटियको जस्तो महसुस भयो । हामी ढिला नगरी अगाडि बढ्यौं । करिब बाइकमा ३० मिनेट जति उकालो लागेपछि कालिकोटको सदरमुकाम मान्म पुग्यौ । हामी मान्ममा दिउसो नास्ता खाएर आराम गरेर पुन यात्रामा लायौ ।
हामी तिला नदिको किनार, किनारै कर्णाली राजमार्ग हुँदै ताडिबाजार हुँदै जुम्लाको नाग्म भनेठाउमा पुगियौ । हाम्रो यात्रा सिजा उपत्यका सम्मा भएको हुदा त्यहाँ ढिला नगरी अगाडि बढ्यौं । हामी करिब साँझको ८ बजे सिजा उपत्यकामा बस्यौं ।

तेस्रो दिन 🙁 पिना,ताल्चा, सल्यारी,मिरचौर हुँदै हुटु,रारा )
तेस्रो दिनको बिहानको खाजा नास्ता लिएर हामी
जुम्लाको खस भाषाको उदमस्थल सिजा उपत्यका सुन्दर बस्ती मार्सी धान पहेँला भएको बिचमा चिटिक्क मिलेको सिजा उपत्यका देख्ने अवसर प्राप्त भयो । नाग्म बाट अगाडि कच्ची बाटोमा अगाडि बढ्दै पिना हुँदै ताल्चा यर्पोट पुगेर बिहानको खाना ताल्चामै खायौ ।
ताल्चा बाट अगाडि बढेर हामी सल्लेरी सम्मा पुगियौ । त्यहाँ बाट अगाडि सवारी साधन निषेध गरेको रहेछ ।
हामी सबैले त्यहाँ बाट घोडामा जाने निधो गरिर सबै जनाले घोडामा मिरचौर हुँदै करिब १ घन्टामा राराताल पुग्यौ ।
वाह ! रारा हो कि अप्सरा छुट्यानै मुस्किल प्रकृतिको अनुपम उपहार राराताल आफ्नो अगाडि देख्न पाउदा हामी चकित पर्यौ । मुलुकै ठूलो र गहिरो ताल चौतर्फी पहाडको काखमा फिँजियर बसेको देख्दा साँचिकै जोकोहीको पनि स्वर्गको झल्को मेटिने रहेछ । वरिपरि वनजङ्ल बिचमा रारा लम्पसार परेको देख्दा ३-४ दिनको थकाइ नै एक्कासी विलिन भएको महसुस भयो ।
मौसम अलि चिसोचिसो भएको हुदा न्यानो कपडा लगाएर हामी निकुन्ज परिसर हुँदै तलाउ किनारमा पुगियौ ।
त्यहाबाट सुर्यदय अवलोकन गर्यौँ । ताल किनारमा आन्तरिक प्रर्यटण बढी देखिन्थे । धेरैजसो तस्वीर लिन र कतिपय फोटोमा कैद हुनमा ब्यस्थ थिए । लगतै हामी ढुंगा सयर गर्न तर्फ लागियौँ । दिन ढल्किदै गएकोले हावाको कारणले ढुंगाको बन्द हुनेकुरा हामिलाइ त्यहाँको उपभोक्त समितीबाट जानकारी आयो र हामी ढुंगा सयर गर्न सकिनौ । साँझ परेको हुदा हाम्रो टिन त्यो दिन नजिकैको होटलमा बस्यौँ ।

चौथो दिन : (निकुन्ज परिसर, मुर्माटप घुमघाम, पिना, तातोपानी, खलंगा हुँदै जुम्ला )
बिहानको अडिलो नास्ता कोदाको रोटि र तरकारी खाएर मुर्माटप जाने तयारीमा हामी लागियौँ । खाना खाएर मुर्मा टप जान अलि ढिला हुनसक्ने भएकाले होटलवाला दाजुको दिएको सल्लाह बमोजिम हामी नास्ता लिना साथ उकालो चढ्यौँ । माथि पसल र गाउँबस्ती नभएकाले हामिले केही खानेकुरा सहित एक- एक बोतल पानी बोकेर बिस्तारै मुर्मा टप तर्फ अगाडि बढ्यौं । उकालो लाग्दै गर्दा रुप फेर्ने माहिर रारातालको भिन्न रंगहरु पनि देख्न सकिन्थ्यो किनारामा घोडाहरु घासेमैदान चड्दै गरेको मनमोहक दृश्यले मनै आनन्दित गराइएको थियो । पुन मुर्मा टपबाट हामी होटल मै आइपुगियौ खाना खाएर हामी हुटु रारालाइ बिदाइ गरेर हामी हाम्रो गन्तब्यबाट बिस्तारै टाढा हुँदै गर्यौ । सल्लेरी जहाँ हाम्रो बाइक राखेका थियौं त्यहाँ पुगेर त्यो दिनको तालिका बमोजिम जुम्लाको लागि पुन यात्रा सुचारु गर्यौँ । जाँदै गर्दा जुम्ला भन्दा करिव १० – १२ किलोमिटर वर तातोपानी रहेछ । त्यहाँ स्नान गरेर त्यो दिन कर्णाली अञ्चलको सदरमुकाम जुम्ला मै बास बस्यौं ।
३-४ दिनको लगातार यात्राले थकित भएपनि जुम्ला घुमघामले हामिलाइ थप उर्जा प्रदान गरेको भान हुँदै थियो । कालिकोट, जुम्ला, मुगुको धेरै जसो भु- भाग अलि भिरालो र चट्टानले बनेको देख्दै आएका हामीलाई उपत्यका देख्दा निकै आनन्द आयो । त्यो दिन हामी त्यही जुम्लाको एक होटलमा बस्यौं ।

पाँचौ दिन : ( जुम्ला, नाग्म, कालिकोट, हुँदै दैलेख )
सदाजसै बिहानै उठेर चिया नास्ता गरि हामी जुम्ला बजार लगायत महत्वपूर्ण स्थलहरु अवलोकन गर्न तर्फ लागियौ । तुलनात्मक रुपमा कर्णाली अरु जिल्ला भन्दा समथर, खेतीयोग्य, संभावना बोकेको तिब्र बिकास र सहरिकरण हुँदै गरेको जुम्ला हामिले सुनेको र कल्पना गरेको भन्दा बिल्कुलै पृथक रहेछ । स्याउ खेतिको लागि निकै नै प्रसिद्ध यो ठाउँ खेतबारिमा स- साना स्याउका रुखहरु खेतवारिको बिच बिचमा देखिन्थे । स्थानीयका अनुसार संसारकै अग्लो स्थानमा धानखेती हुने ठाउँ छुम्चौर पनि जुम्लामै पर्दोरहेछ ।
बिहानीपख जुम्लाको मन्दिर, गुम्बा थिङके,कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्टान अबलोकन गरि जुम्लाको कोसेली बोकि होटलमा आयौं । हामी बसेको होटल साहुले त्यहाँको रातो चामलको खाना खुवाउनु भएको थियो, नयाँ अनुभव र मीठो खानाको लागि साउजिलाइ धन्यवाद दियौं ।
पुन यात्रा मै लागियौ त्यो दिन हामी दैलेको गुराँसे मा आएर बास बस्ने पुर्व योजना भएकाले हामी जुम्ला खलंगा वाट नाग्मा, कालिकोट, हुँदै दिउँसो नास्ता खानाको लागि दैलेखको राकम कर्णाली पुगियौँ । हामिले त्यहाँ ढिला नगरी नास्ता लिइसकेपछी रप्तारमा यात्रा मा लागियौ हाम्रो टिम साँझको करिब ८ बजे दैलेखको गुराँसे मै वास वसियौँ ।

छैटौं दिन : ( गुराँसे, सुर्खेत ,सल्लीबजार, जाजरकोट हुँदै रुकुम पश्चिम )
त्यो दिन हाम्रो यात्राको अन्तिम दिन थियो । त्यसैले हामिले बिहानै चिया नास्ता लिएर गुराँसे को होटलबाट रुकुम पश्चिम को लागि आ- आफ्नो बाइका चढ्यौ । हामी केही घन्टा पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगियौ । हामी सबैले बाइक लगातार ५- ६ दिन सम्मा चलिरहेको हुदा सुर्खेत मै बाइक सर्भिस गर्ने सल्लाह गरि चार वटै बाइक मर्मत गरि पुन यात्रामा लागियौ । हामी सुर्खेत देखि छिन्चु, बोटेचौर हुँदै सल्लीबजार बिहानको खाना पुगियौ। त्यहाँ खाना खाएर पुन जाजरकोट हुँदै रुकुम पश्चिम यात्रा तय गरियौँ । हामी दिउँसो करिब ३ बजे रुकुम पश्चिम् को चौरजहारी पुगियौँ दिउँसो को नास्ता खाएर सबैजना आ-आफ्नो घतिर लागियौँ । त्यो यात्रा वास्तवमै मेरो जीवनको अहिले सम्मकै अद्भुत यात्रा रहयो ।

लेखक : सत्य बहादुर बटाला रुकुम(पश्चिम )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार