- टिमखबर सम्बाददाता

प्रेस सेन्टर नेपाल रुकुम पश्चिम आठबिसकोटको भेला आठबिसकोटमा सम्पन्न भएको छ । आज दिउँसो करिब १ बजे आठबिसकोट नगरपालिका वडा नम्बर ९ रहेको नगरपालिका को कार्यालयको सभा हलमा सम्पन्न भएको भेलाले सत्य बहादुर बटालाको अध्यक्षतामा १३ सदस्य नगर कमिटी गठन गरेको छ ।
जसको अध्यक्षतामा प्रेम कुसारी उपाध्यक्ष, सचिवमा सुनिल बिक , कोषाध्यक्षमा कल्पना बिक रहनु भएको छ । त्यस्तै सदस्यहरुमा दिपा !केसि, भरत रसाइली,जानकी चदारा, ईतिहास परियार, खडक बिक,नवीन चनेल, चन्द्रप्रकाश नेपाली ,यमराज थापा, सीता शाही रहनुभएको छ ।
माउवादि केन्द्र आठबिसकोट नगरकमिती सचिव रबि केसि, प्रेस सेन्टर नेपाल केन्द्रिय सम्मेलन आयोजक समिती सदस्य गरि गौतम , नेकपा माउवादी केन्द्र जिल्ला समुनय समिती सदस्य मनिराज बटाला, गंगाराम चदारा, मन बहादुर चदारा, प्रेस सेन्टर नेपाल जिल्ला सम्मेलन आयोजक समिती सदस्य मनिष खड्का, नेपाल पत्रकार महासंघ काठमाडौ शाखा सदस्य अर्जुन बिष्ट , राडिज्युला शिक्षा क्याम्पस उपप्रध्यापक तेज बहादुर मल्ल , टिम खबरका डटकमका अध्यक्ष गोपाल बटालाको उपस्तिथिमा भेला भएको हो ।
यो सँगै प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जिल्लाका ६ वटै स्थानिय तहमा संगठन विस्तार गरेको छ । जिल्ला सम्मेलनको तयारिमा रहेको प्रेस सेन्टरले पहिलो पटक पलिका स्तरमा पनि संगठन विस्तार सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार