- सत्य बटाला रुकुम पश्चिम

रुकुम पश्चिम आठबिसकोट नगरपालिका र सेन्चुरी कमर्सियल बैक लिमिटेड शाखा आठबिसकोटको सहकार्यमा बृद्ववृदा, बालबालिकाहरुलाइ सामाजिक सुरक्षा भत्ता,पोषण भत्ता सहज रुपमा वडा वडामै पुगेर वितरण गर्ने उदेश्यका साथ घुम्ती सेवा संचालन गरिएको सेन्चुरी कमर्सियल बैंक शाखा आठबिसकोटका शाखा प्रमुख डम्बर गौतमले बताउनु भयो ।
भौगोलिक बिकटका वडाहरुमा रहेका बृद्ववृदा ,बालबालिकाहरु लाई जहज बनाउन बैंकिङ मार्फत घुम्ती सेवा सन्चालन गरि सेवा प्रदान गर्ने भावका साथ उक्त सेवा सन्चालन गरिएको हो ।
बैंकका अनुसार पहिलो चरणमा ग्राहक पहिचान विवरण कार्य चलिरहेको बताउदै वडा नम्बर १,२,३,४,५ र ६ वडामा रहेका बृद्ध,बृदा, बालबालिकाहरु गरि करिव ८५० जनाको ग्राहक पहिचाण विवरण कार्य सम्पन्न गरिएको छ ।

वडा नम्बर १ मा, २ सय २१ जना, वडा नम्बर २ मा १ सय ६ जना वडा नम्बर ३ मा, ७५ जना, वडा नम्बर ४ मा १ सय ७५ जना, वडा नम्बर ५ मा १ सय ६९ जना, र वडा नम्बर ६ मा १ सय ११ जनाको ग्राहक पहिचान विवरण कार्य सम्पन्न गरि पहिलो चरण कार्य अन्तिम चरणमा पुगेको शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।
आठबिसकोट नगरपालिका अन्य पालिका मध्य भौगोलिक रुपमा ठूलो, धेरै बिकट्ता भएको पालिका भएको हुदा बैक सम्मा बृदबृदा आउन सकस हुने, समस्या लाइ मध्यनजर गरेर सेन्चुरी कमर्सियल बैंक शाखा आठबिसकोट र आठबिसकोट नगरपालिको सहकार्यमा वडा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता, बालबालिका पोषण भत्ता, बैंकका कर्मचारी र नगरपालिका कर्मचारी वडामै पुगेर ग्राहक पहिचान विवरण कार्य सुरु गरिएको बताइएको छ ।

पहिलो चनरणको ग्राहक पहिचान विवरण को काम अन्तिम चरनमा पुगेको बताउदै अब केही दिनमै नगरपालिका र बैंकको सहकार्यमा दोस्रो चरणमाको काम सन्चालन गरि सबै वडाका बृदबृदा, बालबालिकाहरुलाइ वडा कार्यलयमै पुगेर नगद रमक उपलब्ध गराइने शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार काम पहिलो र नयाँ काम भएको हुँदा सुरुमा धेरै समय लगेको बताउदै अब सजिलो सहज रुपमा सेवा दिन सकिने कुरा टिम खबरलाइ जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार