रुकुम पश्चिम आठसबिसकोट नगरपालीका र कृषि सेवा केन्द्र आठबिसकोट को सहकार्यमा सहुलियत रुपमा उत्नत जातको गहुँको बीउ कृषकहरुलाइ अनुदानमा बितहरण गरिएको कृषि सेवा केन्द्र आठबिसकोटले जनाएको छ ।
आठबिसकोट नगरपालिकामा करिब ४२ क्विन्टल बिउ अनुदानमा नगरपामा ल्याइ वितरण गरिने कृषि सेवा केन्द्र आठबिसकोट ले जनाएको हो ।
कृषकहरुको मागको आधारमा नगरपालिका मा उत्नत जातको गहुँको बीउ नगरपालीकामा ल्याइएको हो ।
आज पहिलो दिन चार जातको गहुँको बीउ जाजरकोटको कालेगाउ बाट ३५ क्विन्टल गहुँको बीउ ल्याएको कृषि शाखाले जनाएको छ ।
नगरपालिकाको ७५ प्रतिशत अनुदान र १५ प्रतिशत कृषको लगानिमा वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
कृषि सेवा केन्द्र आठबिसकोटमा २५ क्विन्टल , कृषि इकाइ सेवा केन्द्रक गोतामकोटमा ३ क्विन्टल , कृषि इकाइ सेवा केन्द्र खदिमा ३ क्विन्टल , कृषि इकाई सेवा केन्द्र घेत्ममा २.५ क्विन्टल गरि पहिलो चरणमा ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको कृषि सेवा केन्द्र प्रमुख देव बहादुर केसिले जानकारी दिनुभएको छ ।
भिर्कुटि जातको ९ क्विन्टल गहुँको बीउ कृषि समूह सोलाबाङ बाट अबको केही दिनमा ल्यएर बितरण गरिने पनि बताएको छ ।
नगरपालिकाले धुप्रै कार्यक्रम , योजना अनुदान दिएको पाइन्छ धेरै कार्यक्रम ,योजना अनुदान अनुदानमै सिमित भएको छन ।
केही कृषि सम्बन्धि कार्यक्रम अनुदान भने अलि प्रभावकारी रुपमा सन्चालन आएको पाइन्छ । तर गहुँको बीउ को अनुदान कृषकहरुले पाउने भएकाले नगरपालिका का कृषकहरु उन्नत जातको गहुँको बीउ अनुदानमा पाउँदा खुशी हुँदै लिएका छन ।
नगरपालिकाले यस अघि पनि कृषकहरका आगि उन्नत जातको आलुको बीउ , सिजन अनुसार तरकारीको बीउ , विभिन्न फलफुलका बिरुवाहरु पनि अनुदानमा वितरण गर्दौ आइरहेको छ ।
नगरपालिकाको अनुदानमा कृषकलाई उन्नत जातको गहुँको बीउ वितरण
- सत्य बटाला आठबिसकोट,

