रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको आठबिसकोट नगर अधिवेशन सम्पन्न भएको छ । केन्द्रको निर्देशन अनुसार देशभरका पालिकाहरुमा एकसाथ अधिवेशन गर्नुपर्ने हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गत ९ गते अधिवेशन सम्पन्न भएको एमाले आठबिसकोटले जनाएको छ ।
उक्त अधिवेशनमा ९५ जनाको नगर कमिटी गठन गरिएको छ । प्रथम अधिवेशनमा कर्णाली प्रदेश कमिटी सदस्य नारायण कुमार शाहको प्रमुख आतिथ्यता रहेको छ।
त्यस्तै अधिवेशनले दिनेश चन्दलाई अध्यक्ष ,सचीवमा धिरेन्द्र जंग शाह लाई जिम्मेवारी दिएको छ । अध्यक्ष मण्डलमा नारायण कुमार शाह,बलाराम पुन,प्रविन नेपाल ,शेर बहादुर ओलि रहेका छन् ।
पहिलो नगर अधिवेशनले नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशनमा स्वागत मन्तव्य केशव शाही ,अतिथि प्रविन नेपाल ,बलराम पुन ,सुरेश चन्द्र ,दिपाराम उपाध्यक्ष लगायतले मन्तव्य राखेका थिए ।
बाल कल्याण माध्यामिक बिद्यालय आठबिसकोटमा भएको प्रथम अधिवेशनमा नेकपा एमालेका नेताकार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो । पार्टीलाई थप बलियो बनाएर अगाडी बढ्ने नयाँ निर्वाचित नगर कमिटीले जनाएको छ ।