रुकुम पश्चिम । रुकुम पश्मिको आठविसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । नगरपालिकाको वडा न १४ कि १६ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
वडा नम्बर १४ बाँकेज्युला स्थित दशैँपछी परम्परागत रुपमा लाग्दै आएको मेला हेर्न गएकी बालिका सामुहिक रुपमा बलात्कृत भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार बलात्कृत हुने बालिका जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कल्पतकि हुन् । उनी गएराती बाँकेज्युला भन्ने ठाउँमा मेला हेर्न गएकि थिईन ।
इप्रका आठबिसकोटका प्रहरि नायव निरिक्षक रिषी राज खडकाका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर १४ पिपलचौरका अन्दाजि २५/२६ वर्षका झलक जैसि बाट बल्तकृत भएको भनी पिडित बालिकाले आठविसकोट नगर अस्पतालमा जानकारी गराएको बताए । उनी अहिले फरार रहेका छन् ।
आठविसकोट नगर अस्पतालमा सो घटना बारे बुझ्दा कार्तिक १० गते राति १ बजे उपचारको लागि अस्पतालमा ल्याइएको थियो ।
बालिका बेहोस अवस्थामा रहेको र आरोपित जैसिले रक्तस्रावको समस्या देखाएर उपचार गर्न लगाएको र उपचार गर्ने क्रममा ८० देखि १०० ग्रम सम्मको पलासेन्ट देखा परेकाले उक्त बालिकाको पेटबाट बच्चा खेर गएका कारण पलासेन्ट देखापरेको नगर अस्पताल प्रमुख विजय कुमार वलिले जानकारि दिए।
पीडित बालिकालाई अस्पतालबाट आज दिउँसो १ बजे नेपालगञ्ज रेफर गरिएको छ। बालिका बलात्कृत भएको थाहा पाउनासाथ आरोपित जैसी फरार भएका छन् ।
पिडित पक्षबाट निवेदन ढिला आएकोले फरार रहेका जैसीलाई पक्राउ गर्न असजिलो भएको प्रहरीले जनाएको छ । नगर अस्पतालमाबाट ढिला जानकारी भएका कारण आरोपीत लाई पक्राउ गर्न कठिन भएको छ। निमित्त प्रहरी प्रमुख खड्काले भने,,तर ढिलै भएपनी अब पीडित पक्षले निवेदन दिसकेका कारण बलात्कार आरोपित चाडैं समातिने खड्काले बताए। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।