- सत्य बटाला आठबिसकोट, रुकुम पश्चिम

आठबिसकोट, रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा अखिल नेपाल महिला संघको क्रान्तिकारी प्रथम नगर अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सचिवालय सदस्य प्रेमा शाहीले जानकारी दिनुभयो ।
आज आठबिसकोट नगरपालिका सम्पन्न अखिल नेपाल महिला संघको क्रान्तिकारी प्रथम नगर सम्मेलनबाट सीता शाहको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
उक्त अधिवेशनमा अखिल नेपाल महिला संघ क्रान्तिकारी उपाध्यक्षमा देवसरा पुन, हिरा थापा र ननि बस्नेत, सचीवमा सदिक्षा मल्ल, सह सचीव प्रेङका यरि, देवि बुढा र पार्वती कामी, कोषा अध्यक्ष कमला नेपाली रहनु भएको छ । नगरपालिका सबै वडामा प्रतिनिधित्व गर्ने गरि ५५ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी प्रथम नगर सम्मेलनमा पुर्व मन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य बिमला केसिको प्रमुख आथित्यतामा सम्पन्न रहेको थियो । नेपाल कम्युनिस्ट पार्टि नेकपा प्रदेश कमिटी सदस्य तथा आठबिसकोट नगरपालिकाका नगर प्रमुख गोर्ख बहादुर केसि (सन्देश ) अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिम इन्चार्ज लुम्बिनी गौतम , अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सदस्य कमला रोका, सदस्य प्रेम कुमारी सुनार लगायतको आथित्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार